विशेष अनलाइन । नेपाली चलचित्र ‘लाज शरणम्’ ले आफ्ना दर्शकहरूको अपार माया र समर्थनका कारण प्रदर्शनको सातौँ हप्तामा प्रवेश गरेको छ। ‘महाशिवरात्रि’ को अवसर पारेर प्रदर्शनमा आएको यस चलचित्रले दर्शकमाझ विशेष स्थान बनाउन सफल भएको छ। लगातार सात हप्तासम्म सिनेमा हलमा चल्न सफल हुनु आफैँमा नेपाली चलचित्रका लागि सुखद संकेत हो।
चलचित्र निर्माण टिमले सामाजिक सञ्जालमार्फत् धन्यवाद ज्ञापन गर्दै लेखेको छ, “महाशिवरात्रिबाट सुरू भएको हाम्रो चलचित्र यात्रा आज सातौँ हप्तामा पुगेको छ। दर्शकको यो अभूतपूर्व मायाप्रति हामी हार्दिक आभारी छौं।”
हालसम्म चलचित्र देशभरका प्रमुख सिनेमा हलहरूमा प्रदर्शन भइरहेका छन्। विशेषतः काठमाडौं, बुटवल, दमक, बिर्तामोड, भक्तपुर, र किर्तिपुरजस्ता सहरका हलहरूमा दर्शकहरूको उपस्थिति उल्लेखनीय देखिएको छ। धेरै दर्शकहरू दोहोर्याएर चलचित्र हेर्न पुगिरहेका छन् भने अन्यलाई हलसम्म पुर्याउने सक्रियता समेत देखिएको छ।
चलचित्र निर्माण टिमले अझैसम्म चलचित्र हेर्न नपुगेका दर्शकहरूलाई नजिकको हलमा गएर फिल्म हेर्न आग्रह गर्दै हार्दिक स्वागत गरेको छ।
कहाँ कहाँ प्रदर्शन भइरहेको छ ?
1. लोत्से हल नयाँ बसपार्क – बिहान ११:१५
2. बिग सिनेमा सिटी सेन्टर – बिहान ११:४५
3. ईनि, नयाँ बानेश्वर NB सेन्टर – बिहान ११:१५
4. BSR, बिजी मल – बिहान ११:००
5. बुटवल – बिहान ११:१५
6. सिभिल मल – साझ ६:१५
7. रञ्जना हल, न्युरोड – साझ ५:४५
8. दमक – दिउँसो ३:०० र बेलुका ७:००
9. भक्तपुर, राधे राधे – दिउँसो २:१५ र बेलुका ८:३०
10. आईप्लेक्स बानेश्वर – दिउँसो ११:४५
11. F Cube, चाबहिल – साझ ६:१५
12. बिर्तामोड – साझ ६:३०
13. किर्तिपुर – बिहान ११:००
‘लाज शरणम्’ कर्णाली क्षेत्रको कथा बोकेको सामाजिक–राजनीतिक व्यङ्ग्यमा आधारित चलचित्र हो। यसले पछाडि पारिएको भूगोल, त्यहाँका जनताको संघर्ष, विकासको नाउँमा भइरहेको राजनीति, र समाजको यथार्थ चित्रण गर्दछ।
चलचित्रको निर्देशन कुमार कट्टेल (जिग्री) ले गरेका हुन् भने छायांकन सुदीप बराल को रहेको छ। कलाकारहरूमा सिताराम कट्टेल, मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, अर्पण थापा, रेणु योगी, माला लिम्बू, अर्जुन घिमिरे, सागर लम्साल, प्रियना आचार्य, बबिन राई, रामभजन कामत, र कमलमणि नेपाल लगायतको सशक्त अभिनय देख्न सकिन्छ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रलाई नवीन श्रेष्ठ ले निर्माण गरेका हुन् भने रामनरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा छन्।
सशक्त निर्देशन, तिखो व्यङ्ग्य, मौलिक कथा, र उत्कृष्ट अभिनयले गर्दा ‘लाज शरणम्’ दर्शकको रोजाइमा पर्दै आएको छ।
Discussion about this post