BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

दर्शकको अभूतपूर्व साथ : नेपाली चलचित्र ‘लाज शरणम्’ सातौँ हप्तामा

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र २७, २०८१, ७:५४ मध्यान्ह
in FEATURE, चलचित्र
दर्शकको अभूतपूर्व साथ : नेपाली चलचित्र ‘लाज शरणम्’ सातौँ हप्तामा
287
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन ।  नेपाली चलचित्र ‘लाज शरणम्’ ले आफ्ना दर्शकहरूको अपार माया र समर्थनका कारण प्रदर्शनको सातौँ हप्तामा प्रवेश गरेको छ। ‘महाशिवरात्रि’ को अवसर पारेर प्रदर्शनमा आएको यस चलचित्रले दर्शकमाझ विशेष स्थान बनाउन सफल भएको छ। लगातार सात हप्तासम्म सिनेमा हलमा चल्न सफल हुनु आफैँमा नेपाली चलचित्रका लागि सुखद संकेत हो।

चलचित्र निर्माण टिमले सामाजिक सञ्जालमार्फत् धन्यवाद ज्ञापन गर्दै लेखेको छ, “महाशिवरात्रिबाट सुरू भएको हाम्रो चलचित्र यात्रा आज सातौँ हप्तामा पुगेको छ। दर्शकको यो अभूतपूर्व मायाप्रति हामी हार्दिक आभारी छौं।”

हालसम्म चलचित्र देशभरका प्रमुख सिनेमा हलहरूमा प्रदर्शन भइरहेका छन्। विशेषतः काठमाडौं, बुटवल, दमक, बिर्तामोड, भक्तपुर, र किर्तिपुरजस्ता सहरका हलहरूमा दर्शकहरूको उपस्थिति उल्लेखनीय देखिएको छ। धेरै दर्शकहरू दोहोर्‍याएर चलचित्र हेर्न पुगिरहेका छन् भने अन्यलाई हलसम्म पुर्‍याउने सक्रियता समेत देखिएको छ।

चलचित्र निर्माण टिमले अझैसम्म चलचित्र हेर्न नपुगेका दर्शकहरूलाई नजिकको हलमा गएर फिल्म हेर्न आग्रह गर्दै हार्दिक स्वागत गरेको छ।

कहाँ कहाँ प्रदर्शन भइरहेको छ ?
1. लोत्से हल नयाँ बसपार्क – बिहान ११:१५
2. बिग सिनेमा सिटी सेन्टर – बिहान ११:४५
3. ईनि, नयाँ बानेश्वर NB सेन्टर – बिहान ११:१५
4. BSR, बिजी मल – बिहान ११:००
5. बुटवल – बिहान ११:१५
6. सिभिल मल – साझ ६:१५
7. रञ्जना हल, न्युरोड – साझ ५:४५
8. दमक – दिउँसो ३:०० र बेलुका ७:००
9. भक्तपुर, राधे राधे – दिउँसो २:१५ र बेलुका ८:३०
10. आईप्लेक्स बानेश्वर – दिउँसो ११:४५
11. F Cube, चाबहिल – साझ ६:१५
12. बिर्तामोड – साझ ६:३०
13. किर्तिपुर – बिहान ११:००

‘लाज शरणम्’ कर्णाली क्षेत्रको कथा बोकेको सामाजिक–राजनीतिक व्यङ्ग्यमा आधारित चलचित्र हो। यसले पछाडि पारिएको भूगोल, त्यहाँका जनताको संघर्ष, विकासको नाउँमा भइरहेको राजनीति, र समाजको यथार्थ चित्रण गर्दछ।

चलचित्रको निर्देशन कुमार कट्टेल (जिग्री) ले गरेका हुन् भने छायांकन सुदीप बराल को रहेको छ। कलाकारहरूमा सिताराम कट्टेल, मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, अर्पण थापा, रेणु योगी, माला लिम्बू, अर्जुन घिमिरे, सागर लम्साल, प्रियना आचार्य, बबिन राई, रामभजन कामत, र कमलमणि नेपाल लगायतको सशक्त अभिनय देख्न सकिन्छ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रलाई नवीन श्रेष्ठ ले निर्माण गरेका हुन् भने रामनरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा छन्।

सशक्त निर्देशन, तिखो व्यङ्ग्य, मौलिक कथा, र उत्कृष्ट अभिनयले गर्दा ‘लाज शरणम्’ दर्शकको रोजाइमा पर्दै आएको छ।

Previous Post

‘ऊनको स्वीटर’– समाज, सम्बन्ध र स्मृतिको कथा: निर्देशक नवीन चौहान

Next Post

एकैसाथ दुई एक्सन चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा, कुनले मार्ला बाजी?

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
एकैसाथ दुई एक्सन चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा, कुनले मार्ला बाजी?

एकैसाथ दुई एक्सन चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा, कुनले मार्ला बाजी?

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।