विशेष अनलाइन । युवाहरू कुलत र दुर्व्यसनमा कसरी फस्छन् र त्यसले समाजमा कस्तो प्रभाव पार्छ भन्ने कथावस्तुमा आधारित नेपाली चलचित्र ‘युद्धको शहर’ धरानमा भव्य रूपमा प्रिमियर सम्पन्न भएको छ।
याक्थुङ चलचित्रकर्मी संघ, नेपाल र पूर्वान्चल फिल्म एकेडेमी प्रा. लि. को सहकार्यमा निर्माण भएको यो चलचित्रको प्रिमियर शो धरान १५ स्थित मेन्याङबो कल्याणकारी संघ, नेपाल सम्पर्क कार्यालय (पुरानो दोहोरी साँझ) मा सम्पन्न भयो।
चलचित्रका निर्देशक विजय साम्योक सुब्बा हुन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र बिक्रम बेघा सहभागी भए। साथै, पूर्वका चर्चित कलाकार, चलचित्रकर्मी तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो।
समाजमा मौलाउँदै गएको कुलत र लागुपदार्थ दुर्व्यसनको समस्यालाई उजागर गर्दै यस चलचित्रले चेतनामूलक सन्देश दिएको छ। प्रिमियरपछि दर्शकहरूले चलचित्रको विषयवस्तु, प्रस्तुति र सन्देशलाई निकै प्रभावकारी रहेको प्रतिक्रिया दिए।
चलचित्रका निर्माता, कलाकार तथा प्राविधिकहरूले ‘युद्धको शहर’ मनोरञ्जनात्मक मात्र नभई शिक्षाप्रद पनि रहेको बताएका छन्। प्रिमियर शो सफलतापूर्वक सम्पन्न भएपछि निर्माण पक्षले आगामी दिनमा थप प्रदर्शनको योजना बनाइरहेको जानकारी दिएको छ।
Discussion about this post