इटहरी / अभिनेत्री करिष्मा मानन्धरले महिला पुरुष समान भन्ने कुरा नारामा मात्र सिमित भएको बताएकी छन् । नेपाल इन्टरनेशनल फिल्म फेष्टिभल निफ आफ्ना अनूभवहरु शेयर गर्दै अभिनेत्री मानन्धरले यो भेदभाव नेपाली चलचित्र नगरीमा समेत नमेटीने दाग जस्तो बनेर बसेको बताएकी हुन् ।
उनले नेपाली चलचित्र नगरीमा नयकको तुलनामा नायिकाहरुलाई कम पारिश्रमिक दिइने गरेको बताइन् । मानन्धरले नायक नायिकाको मात्र नभएर अन्य पुरुष कलाकारको तुलनामा महिला कलाकारले पारिश्रमिक कम पाउने गरेको बताएकी हुन् ।
आफुले चलचित्र नगरीमा पाइला टेकेको समय देखी हालको अवस्था सम्म पनि यो ट्रेन्ड रहिरहेको उनले गुनासो गरिन् । महिला र पूरुष दुबैले उत्तिकै काम गरेको हुन्छ तर पारिश्रमिकमा भने किन भेटभाव ? उनले प्रश्न गरिन् ।
समान कामको समान पारिश्रमिक हुनुपर्नेमा उनको जोड थियो । अभिनेत्री मानन्धरले समान कामको समान पारिश्रमिक नपाएको अवस्थालाई मध्यनजर गर्दै सबैले बलियो आवाज उठाउनु पर्नेमा जोड दिएकी छन् । ।
Discussion about this post