विशेष अनलाइन । नेपाली चलचित्रका स्टार प्रदीप खड्काको जन्मदिनमा चलचित्र ‘पिताम्बर’ निर्माण टिमले विशेष उपहार दिएको छ। टिमले प्रदीपको एक्सन स्टन्टलाई प्राथमिकता दिँदै जन्मदिनको उपलक्षमा दोस्रो टिजर सार्वजनिक गरेको हो।
सर्वजानिक टिजरमा प्रदीपको दमदार एक्सन दृश्यहरू समावेश गरिएको छ, जसले दर्शकलाई चलचित्रप्रति थप उत्साहित बनाएको छ। स्टार कलाकारहरूको उपस्थितिसहित तयार गरिएको ‘पिताम्बर’ केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा निर्माण भएको हो।
चलचित्रमा प्रदीप सहित दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्य देव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराई लगाएतका कलाकारहरुको अभिनय रहेको छ।
चलचित्रको कथा प्रदीप भारद्वाज र अभिमन्यु निरवीले तयार पारेका हुन् भने छायाङ्कन पुरुषोत्तम प्रधान, शेरबहादुर लामा र मानकृष्ण महर्जनले गरेका छन्। एक्सन प्रधान रहेको ‘पिताम्बर’ यही आउँदो चैत्र २९ गतेबाट प्रदर्शनमा आउँदैछ।
Discussion about this post