विशेष अनलाइन । यही फागुन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउनलागेको चलचित्र ‘अन्जिला’ को धरानमा ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । शुक्रबार धरान स्थित फ्रेण्ड्स सिनेमाजमा आयोजित रेड कार्पेट प्रिमियरमा चलचित्रकर्मी,खेलाडी र स्थानिय व्यवसायीहरुको बाक्लो उपस्थिती थियो ।
हङकङ र बेलायतको ग्राण्ड प्रिमियर पछी नेपालमै पहिलो पटक धरानमा ग्राण्ड प्रिमियर गरिएको हो ।
धरान प्रिमियरमा निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह(निर्माता विनोद अग्रवाल, राजेश बगडिया र, निर्देशक मिलन चाम्स तथा कलाकार कलाकार प्रकाश सुब्बा र बालकलाकार नमिक्षा मगरको उपस्थिती थियो ।
दर्शकले ग्राण्ड प्रिमियरमा चलचित्रको मुख्य अभिनेत्री अन्जिला तुम्बापो लिम्बुको प्रतिक्षा गरे पनि उनको उपस्थिति भने थिएन । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पोको जीवनमा आधारित अन्जिलालाई प्रिमियरमा दर्शकले निकै रुचाएका थिए ।
चलचित्रकी बाल कलाकार नमिक्षा मगरले आफुले चलचित्र हेरिरहदा अन्जिला दिदीको संर्घष र दुख देखेर निशव्द भएको बताइन् । चलिचित्रका निर्देशक चाम्सले एन्जिलाको फटबलप्रतिको लगाव र सफल हुन गर्नुपरेको संर्घष सहज नभएको उल्लेख गर्दै उनको संर्घषले जो कोहीको आँखा रसाउने बताए ।
यस अघी हङकङ, युके र कोरियामा पनि धेरै दर्शकहरुले चलचित्रलाई रुचाएको उल्लेख गर्दै चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठले सबै नेपाली दर्शकहरुले चलचित्रलाई मन पराउनेमा ढुक्क रहेको उल्लेख गरे ।
मिलन चाम्स निर्देशित यो तेस्रो बायोपिक चलचित्र हो । यस अघी उनले ब्लाइन्ड रक्स र बबी निर्देशन गरिसकेका छन् ।
चलचित्रको प्रमुख अभिनेत्री एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा छायांकन गरिएको चलचित्र ‘अन्जिला’ ले एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा पेश गर्छ ।
जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको छ । चलचित्रमा अन्जिला संगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ बिजय बराल लगायतको अभिनय छ ।
निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्र मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । विनोद अग्रवाल र राजेश बगडिया चलचित्रका सह–निर्माता हुन् । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।
Discussion about this post