बिशेष अनलाइन । कृषा चौलागाई निर्देशित चलचित्र ‘पिताम्बर’ को प्रदर्शन मिति तय भएको छ । निर्माण युनिटले शुक्रबार चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षको अवसर पारेर चैत्र २९लाइ प्रदर्शन मिति घोषणा गरेको हो ।
सार्वजनिक पोस्टर चलचित्रको मुख्य तीन कलाकार प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राई देखिएका छन् । प्रदीपले प्रमुख स्थान पाएको पोस्टरमा आक्रामक शैलीमा बन्दुक चलाइरहेका सौगात देखिन्छन् । दयाहाङको अनुहारमा भने रिस देखिन्छ । पोस्टरले चलचित्र एक्सन प्रधान रहेको प्रस्ट बनाएको छ ।
चलचित्रमा सौगात, प्रदीप र दयाहाङसँगै दिव्या रायमाझी, अनुप विक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतका कलाकारहरुकोको अभिनय रहेको छ ।
केपी फिल्मसले पुरुषोत्तम प्रधान चलचित्रसँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिचेका छन् । विशाल चौलागाई निर्माता रहेको चलचित्रमा प्रदीप भारद्वाजको लेखन , हिमाल केसीको द्वन्द्व निर्देशन छ ।
Discussion about this post