विशेष अनलाइन । ऋषिराज आचार्यको पटकथा, लेखन तथा निर्देशन रहेको चलचित्र ‘द्रौपदी’को लुक्स पोस्ट सार्वजनिक भएको छ । चैत ८ गतेदेखि विश्वभर प्रदर्शन तयारीमा रहेको चलचित्रको दुई पोस्टर बुधबार सार्वजानिक भएको हो । सो मितिमा चलचित्र नेपालसहित अमेरिका र अष्ट्रेलियामा पनि प्रदर्शनमा आउने भएको छ । ती मुलुकमा रिलिज डेट टुंग्याउने तयारीमा रहेको निर्देशक आचार्यले बताए ।
आरबी मूभिजको ब्यानरमा निर्माण भएको मौलिक कथावस्तुको चलचित्रमा ‘नेपाल आइडल’ फेम्ड रवि ओड, आश्विनी शाही, सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारी र आचार्यको अभिनय रहेको छ ।
चलचित्रमा ओडले संगीत दिएका छन् । चलचित्रको निर्माता आचार्यसहित प्रकाश ज्ञवाली रहेका छन् । सौरभ शर्माको पाश्र्वसंगीत छ । अनिल महर्जनको सम्पादन, विजय आचार्यको कला, मोहन झिल्लुको छायांकन रहेको छ ।
Discussion about this post