विशेष अनलाइन । विक्की महर्जनको निर्देशनमा बनेको चलचित्र ‘आउटलः दफा २१९’ को नयाँ पोष्टर सार्वजानिक गर्दै प्रदर्शन मिति तय भएको छ । गत असोजको ३ गतेबाट पोष्टपोन्ड भएको चलचित्रको प्रदर्शन मिति फागुपूर्णिमाको अवसर पारेर फागुनको २९ गतेलाइ तय गरेको निर्माण युनिटले जनाएको छ ।सार्वजानिक पोस्टरमा नायक सुशील श्रेष्ठ फिचर्ड रहेका छन् ।
चलचित्रमा सुशीलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, सोनी लगुन लगायतका कलाकारहरहरुको अभिनय रहेको छ ।चलचित्रका लागि निर्माणपक्षले ४० लाख खर्च गरेर नयाँ एक्सनको दृश्य खिचेको छ । जसकाकारण, चलचित्रको नयाँ प्रदर्शन मिति सार्वजनिक गर्न केही ढिलाइ भएको निर्माणपक्षले बताएको छ ।
चलचित्र अमित अग्रहरिको निर्माणमा तयार भएको हो । विनोद कठायत कार्यकारी निर्माता रहेको यो चलचित्रमा विकास चौधरी सह–निर्माताको रूपमा छन् । चलचित्रमा नविन गुरुङको डीओपी, साहिल खानको सम्पादन, विक्की महर्जनको लेखन, चुल्ठे काजीको एक्सन रहेको छ ।
Discussion about this post