बिशेष अनलाइन। सुयोग गुरुङले निर्देशन गर्ने चलचित्र ‘जेरी अनटप’मा अभिनेत्री सुरक्षा पन्त भित्रीएकि छिन्। निर्माता सरोज न्यौपाने सग अभिनेत्री पन्तले लिखित सम्झौता गर्दै चलचित्रको मुख्य भुमिकामा रहनेगरि भित्रीएकि हुन् ।
यसअघि यो चलचित्रमा आँचल शर्मा र जसिता गुरुङ पनि अनुबन्धित भइसकेका छन् । ‘चलचित्रमा उहाँको महत्वपूर्ण भूमिका छ’ न्यौपानेले भने, ‘सरप्राइज तुल्याउने हिसाबले अन्य कलाकार पनि जोडिंदै हुनुहुन्छ ।’
आगामी सातादेखि छायांकन सुरु हुने चलचित्रमा अनमोल केसीको शीर्ष भूमिका छ । लगातारको कास्टिङ हेर्दा चलचित्र ‘मल्टिस्टारर’ हुने देखिन्छ । त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको चलचित्रको छायांकन काठमाडौं र भारतको लद्दाखमा हुनेछ ।
यतिबेला चलचित्रको कार्यशाला चलिरहेको छ। ‘फर्की फर्की’पछि अनमोल र जसिताको यो सहकार्य हुन लागेको हो । आँचल र सुरक्षाले पहिलोपटक अनमोलसँग चलचित्रमा काम गर्न लागेका हुन् ।
निर्माता न्यौपानेले नेपाली चलचित्रमा अहिलेसम्म नसुनिएको कथा र परिवेशमा फिल्म निर्माण हुन लागेको बताए । चलचित्रको कथा हेमराज बिसीको हो । चलचित्रको पटकथामा चर्चित कन्टेन्ट क्रिएटर साइग्रेस पोखरेल पनि जोडिएका छन् ।
Discussion about this post