विशेष अनलाइन । लक्ष्मण सुनारको कथा तथा निर्देशन रहने चलचित्र ‘कल्ली’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । सोमबार निर्माण टिमले मुख्य भुमिकामा अभिनेता मल्ललाइ अनुबन्धित गरेको हो । चलचित्रमा सौगातको भूमिका कस्तो हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन ।
चलचित्रको छायाङ्कन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । सबै कलाकार छनौट गरेर तिहारपछि चलचित्रको छायाङ्कन सुरु गर्ने तयारी भइरहेको निर्माण टिमले बताएको छ ।
रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माण प्रमुख सुरज आचार्य हुन् ।किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद छ ।
चलचित्र नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट प्रदर्शन गर्ने निर्माण पक्षको तयारि रहेको छ ।
Discussion about this post