BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

मार्टिना मेकअप स्टुडियोको छैठौं वार्षिकोत्सव सम्पन्न

विशेष अनलाइन by विशेष अनलाइन
भदौ ३१, २०८१, ३:३४ मध्यान्ह
in अन्य
मार्टिना मेकअप स्टुडियोको छैठौं वार्षिकोत्सव सम्पन्न
53
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । इटहरीबाट संचालित मार्टिना मेकअप स्टुडियो एन्ड ट्रेनिङ सेन्टरले आफ्नो छैठौं वार्षिकोत्सव शनिबार कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका अगाडि रहेको स्टुडियोसंगै रहेको सभाहलमा आयोजना गरिएको कार्यक्रमको सभापतित्व स्टुडियोकि सञ्चालिका उर्बि श्रेष्ठ रहेकी थिइन् । वार्षिकोत्सवको उद्घाटन प्रमुख अतिथि माननीय मिना श्रेष्ठ, सभाध्यक्ष उर्बि श्रेष्ठ र अन्य सम्माननीय अतिथिहरु द्वारा पानसमा बत्ती बालेर गरियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सौन्दर्य कला व्यवसायी संघ इटहरी नगर समिती अध्यक्ष बिजु श्रेष्ठ, नेपालको पहिलो महिला ट्याट्यु आर्टिस्ट सन्ध्या मास्के, चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश सचिव सुवास संकल्प श्रेष्ठ, ओपन स्पेस प्रालीका संचालक सरोज श्रेष्ठ, एल एन्ड सि मोडल एजेन्सीका संचालक दीपक गिरी, लुक्मी कस्मेटिक्स प्राइभेट लिमिटेडका संचालक खगेन्द्र बिमली, नेचर हब इटहरीका पूर्वाञ्चल डिरेक्टर सन्तोष धमलालगायतको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा मार्टिनामा तालिम लिएका ८ जना प्रशिक्षार्थीहरूलाई दिक्षित गरियो । दिक्षित हुने प्रशिक्षार्थीहरूमा कविता दनुवार, अस्मिता श्रेष्ठ, तारा राई, कंचन राई, संगीता तामाङ, कोमल कुमारी बोथरा, मनिषा श्रेष्ठ र सृजना श्रेष्ठ रहेका छन् । मार्टिनामा तालिम लिई आफ्नै व्यापार सञ्चालन गरिरहेका प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि मिना श्रेष्ठले प्रशंसापत्र वितरण गरिन् । साथै, मार्टिनालाई स्थापनाकालदेखि सहयोग गर्दै आएका व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमको क्रममा वार्षिकोत्सवको केक समेत काटिएको थियो । कार्यक्रम प्रमुख अतिथि मिना श्रेष्ठले आफ्नो मन्तव्य राख्दै मार्टिना मेकअप स्टुडियोले इटहरीको सौन्दर्य क्षेत्रमा एक उदाहरणीय भूमिका खेलेको बताउँदै स्टुडियोको उज्ज्वल भविष्यको कामना गरिन् । उनले महिलाहरूले आर्थिक रूपमा आत्मनिर्भर बन्नु पर्नेमा जोड दिँदै, “महिलाहरू आफैं सक्षम हुनुपर्छ, खर्चका लागि अरूको भर पर्नु हुँदैन,” भनिन् । कार्यक्रममा सहभागी अतिथिहरूले पनि मार्टिना मेकअप स्टुडियो र प्रशिक्षार्थीहरुलाई उज्ज्वल भविष्यको शुभकामना गरे ।

Previous Post

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को काँधेकुरी’ बोलको पहिलो गीत सार्वजनिक

Next Post

चलचित्र ‘कल्ली’ मा अभिनेता सौगात मल्ल अनुबन्धित

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

पुस १६, २०८२, ६:२४ मध्यान्ह
इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

पुस १०, २०८२, ९:४३ मध्यान्ह
फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

पुस ६, २०८२, ३:४२ मध्यान्ह
‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुँदै

‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुँदै

पुस ६, २०८२, ३:०६ मध्यान्ह
इटहरीमा ‘युनाइटेड थर्टिन’ पुनः संचालनमा

इटहरीमा ‘युनाइटेड थर्टिन’ पुनः संचालनमा

मंसिर १०, २०८२, ११:०१ बिहान
बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
Next Post
चलचित्र ‘कल्ली’ मा अभिनेता सौगात मल्ल अनुबन्धित

चलचित्र ‘कल्ली’ मा अभिनेता सौगात मल्ल अनुबन्धित

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

by विशेष अनलाइन
पुस ३०, २०८२, १:४७ मध्यान्ह
0

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।