विशेष अनलाइन । नीता ढुंगाना र हरिहर अधिकारीको चलचित्र ‘ह्रस्वदीर्घ’को प्रदर्शन मिति ह्रेफेर भएको छ ।चलचित्रको प्राविधिक कामहरू नसकिएकाले पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको थियो। असोज ३ गते बाट प्रदर्शनमा आउने भनिएको चलचित्र कात्तिक ३० प्रदर्शनमा आउने भएको छ।
निर्मात्री एवं अभिनेत्री नीताले सोमबार जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेकी हुन्।
चन्द्र पन्तले निर्देशन गरेको चलचित्रमा नीता, हरिहर सहित , दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै बिपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायत कलाकारहरुको अभिनय रहेको छ ।
सोसियल ड्रामासहितको प्रेमकथामा आधारित यो चलचित्रलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौँमा छायाङ्कन गरिएको छ । अभिनेता हरिहर अधिकारीको कथा रहेको चलचित्र बलिउडका स्थापित छायांकार कविरलालको छायाङ्कन रहेको छ । निता फिल्मस्को ब्यानरमा बनेको चलचित्रमा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने कोरियोग्राफी रहेको छ ।
चलचित्रको हाल मुम्बईमा पोस्ट प्रोडक्सनको काम भइरहेको छ।
Discussion about this post