विशेष अनलाइन । अभिनेता रमित ढुंगानाको निर्देशनमा बनेको चलचित्र ‘नमेटिने घाउ’मा शनिबार राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो भागको दृश्यमा डबिङ सकाएका छन् । उनले पहिलो पटक चलचित्रमा अभिनय गरेका हुन् । केही दिनमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको डबिङ हुने निर्माण टिमले जानकारि दिए । चलचित्रमा पूर्व प्रधानमन्त्री माधव नेपालको पनि अभिनय छ ।
एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटिएर निर्माण भएको चलचित्रलाई अभिनेता रमित ढुंगानाले निर्माण तथा गरेका हुन् । चलचित्रमा मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, प्रभात पाल ठकुरी, आरती आचार्य, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, अखिल बजगाईंसहित सयौं प्रहरीहरुको अभिनय रहेको छ ।
रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा बनेको चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ भने गीतमा ओम सुनारको संगीत छ । लेखक अधिकारीले पटकथा लेखनमा मात्र २ वर्ष लगाएका थिए । चलचित्रमा रोजल थापा चिफ एडी (असिस्टेन्ट डिरेक्टर)को रुपमा रहेकाछन् । यतिबेला डबिङमा पनि रोजलले निर्देशक रमितलाई सघाइरहेका छन् ।
देशका शीर्ष नेताहरुको समेत अभिनय रहेको चलचित्र ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेदेखि प्रदर्शन हुँदैछ ।
Discussion about this post