विशेष अनलाइन । कुमार कट्टेलको निर्देशनमा चलचित्र ‘लाज शरणम्’ बनाउने घोषणा गरिएको छ । हास्यसिरियल ‘सक्किगोनी’ टिमले चलचित्र निर्माण गर्न लागेको हो । सिरियलका निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’ को जन्मदिनको अवसर पारेर शुक्रबार कार्यक्रममा चलचित्र घोषणा गरिएको हो ।
कार्यक्रममा वरिष्ठ हास्य कलाकर हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मा, दीपक आचार्य, सोम धिताल, विशाल भण्डारी, ओम प्रकाश अग्रवाल र वितरक मनोज राठी लगायतको उपस्थिति रहेको थियो ।
यो चलचित्र कमेडी जनरामा बन्न लागेको हो । निर्देशक कुमारले यस चलचित्रले नगरीको प्रतिनिधित्व गएने गरि चलचित्रको निर्माण गर्न लागेको बताए ।
निर्देशक कट्टेलको लेखन रहेको चलचित्रमा निर्माता नवीन श्रेष्ठ र सह–निर्माता रामनरेश शाह रहेका छन् । चलचित्रमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणि नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भूमिकामा देखिनेछन् । सुदीप बरालको छायाङ्कन रहने चलचित्रमा अन्य कलाकार छनौटको चरणमा रहेको कार्यक्रममा जानकारी दिइयो ।
Discussion about this post