विशेष अनलाइन । सिक्किम राज्यबाट विभूषित तथा बलिउड र साउथ चलचित्रमा समेत अभिनय गरिसकेका भेट्रन एक्टर सोनम भुट्टिया निर्मित नेपाली चलचित्र ‘सिक्किम लव’को छायाङ्कन सकिएको छ । चलचित्र भूपु लाहुरे निर्माण तथा निर्देशन गरिसकेका नेपालका निर्देशक गुरुङ सोल्टीद्वारा लिखित एवम् निर्देशित नेपाली चलचित्र ‘सिक्किम लव’ को सम्पूर्ण छायाङ्कन सिक्किमको राभाङला (राभाङ), नाम्ची र सुम्बुकका पर्यटकीय एवम् धार्मिक स्थलहरूमा गरिएको छ ।
फन, लव र इमोशन मिश्रित ‘सिक्किम लव’ दर्शकका लागि पूर्णरुपमा एक मनोरञ्जनात्मक चलचित्र भएको बताउँदै निर्माता भुट्टियाले ‘सिक्किम लव’बाट सिक्किमका धेरै प्रतिभाशाली कलाकारहरू परिचित हुने दाबी गरे । चलचित्रमा अभिनीत सबै कलाकारहरूका लागि यो पहिलो अन्तर्राष्ट्रिय नेपाली चलचित्र भएकोले यसले अभिनयमा अवसरका लागि कामसमेत गर्न सक्ने भुट्टियाको भनाई थियो ।
नेपालको सोल्टी टिभीका लागि आमा डिजिटल म्यानेजमेन्ट एन्ड मार्केटिङ प्रा.लि.सँगको सहकार्यमा भुट्टियाले ‘सिक्किम लव’ निर्माण गरेका हुन् । सिक्किमका लागि राजकुमार राई प्रेजेन्टर रहेको ‘सिक्किम लव’का प्रोड्युसर अञ्जुला गुरुङ एवम् प्रकृति राई (सुम्बुक) र दावा गुरुङ (देन्ताम) हुन् । चलचित्रका लाइन प्रोड्युसर डिबी पिटर गुरुङ (सुम्बुक) र राजेश इमान्यूल सोनी (नाम्ची) हुन् । नेपाल र विश्वका लागि निर्माता भने नवीन गुरुङ हुन् । चलचित्रको सम्पूर्ण विश्व राइटस् तथा डिजिटल राइटस् गुरूङसँग निहित छ । वाउउ सिक्किम र सिक्किम वेभस् अफिसिय मिडिया रहेको ‘सिक्किम लव’लाई नेपाल र विश्वमा सोल्टी टिभीले प्रस्तुत गर्दै छ ।
चलचित्रमा सोनम भुट्टिया, पिटर गुरुङ, राजकुमार राई, दावा गुरुङ, अम्बि थापा मगर, छिरिङ भुट्टिया, छोडेन भुट्टियाको मुख्य अभिनय रहेको भने सिक्किमका अन्य धेरै कलाकारहरू समेतको अभिनय हेर्न सकिन्छ । प्रख्यात बिजनेस पर्सन होटल मैनाम्लाका प्रोप्राइटर सोनम भुट्टिया, गायक समेत रहेका प्रख्यात व्यवसायी शैलेस प्रधान र स्किल क्याम्पस, नाम्चीका प्रमुख अञ्जु प्रधानको समेत विशेष भुमिका चलचित्रमा छ । जेली लेप्चाले खिचेको चलचित्रको सहायक क्यामरा पर्सन आदर्श प्रधान हुन् । पिटर गुरुङ, आदर्श प्रधान, छिरिङ र राजेश इमान्यूल सोनीले सहायक निर्देशक हुन् । हाल पोष्ट प्रोडक्शनको तयारी भइरहेको लेखक तथा निर्देशक गुरुङ सोल्टीले जानकारी दिए । चलचित्र ‘सिक्किम लव’को विदेश प्रिमियम पछि पब्लिक सो गरिने निर्माण टिमले जनाएको छ ।
Beta feature
Discussion about this post