BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिद्वारा आयोजित बृहत् ‘बिचार गोष्ठी कार्यक्रम–२०८१’ सम्पन्न

विशेष अनलाइन by विशेष अनलाइन
असार २१, २०८१, ६:२८ बिहान
in FEATURE, चलचित्र
आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिद्वारा आयोजित बृहत् ‘बिचार गोष्ठी कार्यक्रम–२०८१’ सम्पन्न
77
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ले इटहरीमा बृहत् ‘बिचार गोष्ठी कार्यक्रम–२०८१’ सम्पन्न गरेको छ । चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्ययतामा सम्पन्न कार्यक्रममा विभिन्न आदिवासी जनजाति मातृभाषीहरुका झाँकी समेत प्रस्तुत गरिएको थियो । ‘आदिवासी जनजाति चलचित्र महासंघ, कोशी प्रदेश’को सह–आयोजनामा भएको कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाल विविध संस्कृतिले भरिपूर्ण रहेको उल्लेख गरे । अध्यक्ष केसीले नेपाली संस्कृति नेपालको गौरव भएको बताउँदै यसलाई विश्वमाझमा पुर्‍याउनका लागि सबै भन्दा सजिलो माध्यम नै चलचित्र भएको उल्लेख गरे । उनले आदिवासी जनजातीहरुले आफ्नो भाषा कला संस्कृतिलाई मुख्य बिषय बस्तु बनाएर चलचित्र निर्माण गर्ने गरेको, तर नेपालको चलचित्र ऐन नबनेकै कारण ओझेलमा परेको दावी गरे ।

कार्यक्रममा बोल्दै चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले चलचित्र विकास बोर्ड अब काठमाण्डौमा मात्रै सीमित नभएको बताए । चलचित्र विकास बोर्डले पछिल्लो समय देशव्यापी कार्यक्रमहरू आयोजना गरिरहेको उल्लेख गर्दै चलचित्र विकास बोर्ड छ भन्ने अनुभूति देशैभर हुन थालेको बताए ।

आदिवासी चलचित्रकर्मी महासंघका अध्यक्ष पुर्खाजीत राईले आदीवासीहरु दुइओटा आन्दोलनमा रहेको बताए । हाम्रो मुद्दा हरु चलचित्र मार्फत भन्नुपर्ने आवश्यक भएकोले पनि अव चाडैनै आदिवासी चलचित्रको हितको लागी बिधयेकको आवश्यकता औल्याए ।

आफूले चलचित्रमा धेरै समुदायको पात्र बनेर अभिनय गरेको उल्लेख गर्दै अभिनेत्री मिरुना मगरले चलचित्र नगरी आफ्ना लागि विद्यालय समान भएको उल्लेख गरिन् ।

चलचित्र नगरीको विकासमा सबै समुदायको उत्तिकै भूमिका रहेको उल्लेख गर्दै आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति संयोजक ज्योतिराज राईले एक समुदायले अर्को समुदायलाई आफ्ना संस्कार संस्कृतिहरूको विषयमा जानकारी दिने र लिने वातावरण सृजना गर्नु अपरिहार्य भएको उल्लेख गरे ।

कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान पुर्‍याएको कुरालाई मध्यनजर गर्दै अभिनेत्री मिरुना मगर, गीतकार तथा समाज सेवी मिना सिंगक,निर्माता तथा निर्देशक लाख बहादुर तामाङ,कलाकार तथा समाजसेवी डा। सञ्जय खतिवडा,कलाकार तथा निर्माता नवीन पराजुली,लिम्बु चलचित्र ूहाङनाङ्गूका निर्देशक तथा अनाम रंगमञ्चका अध्यक्ष बिजय सन्योक सुब्बा, भुजेल चलचित्रकर्मी संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल, संस्कार संस्कृति अध्ययन मन्चका कार्यवाहक अध्यक्ष डिक बहादुर भुजेल , भुजेल चलचित्रका सह-नायक सुरज भुजेल लगायतलाई सम्मान तथा कदर  गरिएको थियो ।

चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ले पछिल्लो समय देशका विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरेर आदिवासी जनजाति तथा मातृभाषीका चलचित्र निर्माण र प्रवर्द्धनका लागी सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।

Previous Post

सकियो ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’, अवार्डमा चलचित्र ‘प्रेम गीत ३’ को वर्चस्व(फोटो फिचर)

Next Post

सकियो गुरुङ सोल्टी निर्देशित चलचित्र ‘सिक्किम लव’को छायाङ्कन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

फाल्गुन २६, २०८२, ९:५४ मध्यान्ह
चलचित्र ‘टिका’को घोषणा

चलचित्र ‘टिका’को घोषणा

फाल्गुन २५, २०८२, १०:२२ मध्यान्ह
‘एक मुठी बादल’ जेठ १ देखि प्रदर्शनमा: महिला सशक्तिकरणको नयाँ बिम्ब

‘एक मुठी बादल’ जेठ १ देखि प्रदर्शनमा: महिला सशक्तिकरणको नयाँ बिम्ब

फाल्गुन २५, २०८२, ९:५८ मध्यान्ह
चलचित्र ‘हामी तीन भाइ’को टिजर सार्वजनिक: चैत १३ मा प्रदर्शन हुने

चलचित्र ‘हामी तीन भाइ’को टिजर सार्वजनिक: चैत १३ मा प्रदर्शन हुने

फाल्गुन २०, २०८२, १०:१८ मध्यान्ह
Next Post
सकियो गुरुङ सोल्टी निर्देशित चलचित्र ‘सिक्किम लव’को छायाङ्कन

सकियो गुरुङ सोल्टी निर्देशित चलचित्र ‘सिक्किम लव’को छायाङ्कन

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
0

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
0

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, ९:५४ मध्यान्ह
0

चलचित्र ‘टिका’को घोषणा

चलचित्र ‘टिका’को घोषणा

by विशेष अनलाइन
फाल्गुन २५, २०८२, १०:२२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।