BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

काठमाडौं प्रिमियरमा चुलियो चलचित्र ‘खुस्मा’को चर्चा

विशेष अनलाइन by विशेष अनलाइन
अशोज २, २०८१, १:४५ मध्यान्ह
in FEATURE, चलचित्र
काठमाडौं प्रिमियरमा चुलियो चलचित्र ‘खुस्मा’को चर्चा
105
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । अशोक थापाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘खुस्मा’को प्रिमियर गरिएको छ । मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा आयोजित प्रिमियरमा राजनीतिज्ञ, चलचित्रकर्मी र रङ्ग पत्रकारको उपस्थिति रहेको थियो ।

चलचित्र हेर्न सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्धाज, निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेताद्धय सलिनमान बनियाँ र आर्सीवाद क्षेत्री, अभिनेत्री गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधर तथा रुकुमका स्थानिय बासिन्दाको समय उपस्थिति थियो ।

चलचित्र हेरिसकेपछि सांसद ज्ञानेन्द्र शाहीले भन्छन् , ‘एक पटक तपाईंले यो चलचित्र हेर्नुभएन भने तपाईंले २०५२ सालपछिको नेपाल नै बुझ्नु हुन्न । एक जना सामान्य मान्छेको जीवनमा राज्य र विद्रोही पक्षबाट के कति असर पर्‍यो भन्ने कुरा स्पष्ट रुपमा देखाउनु भएको छ । ’

प्रिमिएरमा अधिकांशले चलचित्रको कथाले मन छोएको बताए । कतिपयले अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको तारिफ गरेका छन् । चलचित्रको कथाबस्तुले आफूलाई रिलेटेट गरेको समेत दर्शकहरुले बताए । दर्शकले माओवादी द्वन्द्वको असर भोग्नेले यो चलचित्रको कथावस्तुलाई महसुस गर्ने प्रतिक्रिया दिए ।

प्रिमियरमा प्राप्त प्रतिक्रियाबाट उत्साहित देखिएका धीरज ‘खुस्मा’लाई आम नेपालीको कथा भन्न रुचाउँछन् । उनी भन्छन्, ‘यो सबै नेपालीले भोगेको र देखेको कथा हो । उपासनाले निभाएको चरित्र धेरै महिलाको कथा हो । हामीले छायांकन रुकुममा गर्‍यौं तर यो कथा आम नेपालीको हो ।’ उपासनाले पनि धीरजको कुरामा सहमति जनाइन् ।

चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको निर्माता वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर रहेका छन् । चलचित्रको सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावका बिच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को सङ्गीत रहेको चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गरेको हो ।

Previous Post

चलचित्र ‘मायावी’को प्रदर्शन मिति हेरफेर, पुस २६ गते प्रदर्शनमा आउने

Next Post

चलचित्र ‘छक्कापञ्जा ५’ को‘ब्रेकअप’ बोलको दोस्रो गित सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

माघ २९, २०८२, १०:३० मध्यान्ह
बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

माघ २९, २०८२, १०:०९ मध्यान्ह
निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

माघ २८, २०८२, १०:०२ मध्यान्ह
‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

माघ २८, २०८२, ९:२४ मध्यान्ह
Next Post
चलचित्र ‘छक्कापञ्जा ५’ को‘ब्रेकअप’ बोलको दोस्रो गित सार्वजनिक

चलचित्र ‘छक्कापञ्जा ५’ को‘ब्रेकअप’ बोलको दोस्रो गित सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

by विशेष अनलाइन
फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
0

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

by विशेष अनलाइन
फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
0

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

by विशेष अनलाइन
माघ २९, २०८२, १०:३० मध्यान्ह
0

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

by विशेष अनलाइन
माघ २९, २०८२, १०:०९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।