विशेष अनलाइन । २०८१ को भदौ २१ गते तिजका दिन प्रदर्शनमा आउन लागेको चलचित्र ‘रावायण’ को छायांकन सुरु भएको छ । सफल निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण हुन लागेको ‘रावायण’ को छायांकन सोमबार मधेस प्रदेशको जनकपुर स्थित जानकी मन्दिर परिसरमा पूजा आजा गरी सुरु गरिएको छ ।
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्मका निर्मातामा सुदर्शन र पूजा हुन् । ‘रावायण’ को पूजा शर्मा, पल शाह, प्रमोद अग्रहरीलगायतको उपस्थितिमा क्यामेरा पुजा गर्दै छायांकन सुरु गरिएको हो ।
शिवम अधिकारीको लेखन, सौरभ लामाको छायाङ्कन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन रहने फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफ.डी कम्पनीले गर्नेछ ।
फिल्ममा पल, पूजा र प्रमोदसँंगै प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारको अभिनय रहनेछ ।
Discussion about this post