BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

इगोले थलिएका कलाकार,कस्तो होला ज्येष्ठ १० को नतिजा ?

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र २५, २०८०, ७:५८ मध्यान्ह
in FEATURE, चलचित्र
इगोले थलिएका कलाकार,कस्तो होला ज्येष्ठ १० को नतिजा ?
102
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । बेला बेलामा विभिन्न समयमा नेपाली चलचित्र नगरी गर्माउने गरेको छ । केही चलचित्रहरूलाई दर्शकले अत्यधिक रुचाउने र केही चलचित्र सिनेमा घरमा लागेको र छुटेको अत्तोपत्तो नहुनु नौलो कुरा हैन ।  तर यहाँ बेला बेला दर्शकले अपेक्षा गरेकै चलचित्रहरू एक आपसमा भिड्ने गरेका छन् ।

एउटा चलचित्रले प्रदर्शन मिति तय गर्छ र विभिन्न इगोहरू राखेर सोही दिन अर्को पनि चलचित्रले प्रदर्शन मिति तय गर्छ । तर, यही चलचित्र नगरीका ती नै चलचित्रकर्मीहरू विदेशी चलचित्र प्रदर्शनको मितिले तर्सिने गर्छन् र कतैबाट पनि विदेशी चलचित्रले असर नपार्ने गरी प्रदर्शन मिति तय गर्छन् । आफू आफूमा भिड्ने तर विदेशी चलचित्रको नाम सुन्नासाथ ७ कोष पर भाग्ने नेपाली चलचित्रकर्मीहरूको पुरानै बानी हो भन्दा फरक पर्दैन ।

यसैबिच दर्शकले अपेक्षा गरेका ३ चलचित्रहरूका कारण यति बेला चलचित्र नगरी गर्माएको छ । अहिले सार्वजनिक भएका खबरहरूलाई मान्ने हो भने अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’,आर्यन सिग्देल, प्रदीप खड्का तथा पल शाह अभिनीत चलचित्र पुजार सार्की र अभिनेत्री पूजा शर्मा अभिनीत चलचित्र दान्भी’ एउटै मितिमा प्रदर्शनमा आउँदै छन् । यी तिन ओटै चलचित्रहरूको प्रदर्शन मिति नयाँ वर्षको जेठ १० गतेलाई तोकिएको छ ।

कतिपय चलचित्रहरूले यसरी एकै मितिमा प्रदर्शन मिति तोकेर प्रचारप्रसारको प्रपोगाण्डा गर्ने र अन्तिम समयमा प्रदर्शन मिति सारेर आफै महान् त्यागी रहेको उदाहरण प्रस्तुत गर्ने गरेका उदाहरणहरू प्रशस्तै छन् चलचित्र नगरीमा ।

खैर यी कुरा जे जे भए पनि अनमोल केसी र जसिता गुरुङले पहिलो पटक स्क्रिन शेयर गरेको चलचित्र ‘फर्की फर्की’ दर्शकले प्रतीक्षा गरेको चलचित्रहरू मध्यको एक हो । उनीहरूको रोमान्स हेर्न दर्शक आतुर छन् भन्दा फरक पर्दैन तर उनै जसिताका प्रेमील जोडी भनेर कुनै समय निकै चर्चामा रहेका अभिनेता प्रदीप खड्का सँगै आर्यन सिग्देल र पल शाह समेत रहेको चलचित्र ‘पूजार सार्की’लाई कम आँक्ने कुरै भएन । ‘स्टार’ कलाकारले भरिएको चलचित्र त भयो नै त्यससँगै अभिनेता प्रदीप आर्यन र पलको फ्यान फलोइङको व्याख्या यहाँ गरिरहनै परेन ।

यता पूजा शर्माको फ्यान फलोइङको झन् कुरै नगरौँ त्यसमाथि चलचित्र  ‘दान्भी’मा पहिलो पटक पूजा शर्मा एक्सन भूमिकामा देखिँदै छिन् । हँसिलो चेहराकी धनी पूजालाई एक्सन अवतारमा हेर्न दर्शक पक्कै प्रतीक्षित छन् नै । सरसरती हेर्दा ३ ओटै चलचित्र केही भन्दा केही कम छैन । यति हुँदा हुँदै पनि किन ३ ओटै चलचित्र एउटै मितिमा आउँदै छन् त रु

विभिन्न समयमा विभिन्न अनलाइनहरूमा आएका समाचारहरुलाई सत्य मान्ने हो भने  पूजार सार्की’ का निर्देशक दिनेश राउत र ‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीको इगोका कारण यी दुई चलचित्र भिड्न लागेको हुन् । यी दुई जना मिलेर  ‘छब्बीस करोड’ नामक चलचित्र निर्माण गर्ने तयारी गरिएको थियो तर सोही समयमा राउत र अधिकारीबिच चलचित्रकै विषयलाई लिएर मनमुटाब भयो । र सोही समयको मनमूटाभ ज्येष्ठ १० गते देखिन लागेको हो । ‘फर्की फर्की’ ले धेरै अगाडि आफ्नो प्रदर्शन मिति जेठ १० लाई  सार्वजनिक गरे पनि सोही मितिमा ‘पूजार सार्की’ प्रदर्शन गर्ने निर्णय निर्माण टिमले गरेको हो ।

अगाडी निर्माता र निर्देशकको इगोका कारण चलचित्र एक आपसमा भिड्ने तयारी भएको हो भने यता ‘दान्भी’को कुरा पनि त्यस्तै नै छ तर निर्माण पक्षको नभएर यो चलचित्र जेठ १० गते नै प्रदर्शन मिति सार्वजनिक गर्नुमा कलाकार बिचको इगो देखिन्छ । अभिनेता अनमोल केसी र पूजा शर्माले एउटा चलचित्रमा काम गर्ने सम्झौता गरेको खबर बाहिरिएको थियो । तर पछि अभिनेता अनमोल केसीले उक्त चलचित्रबाट हात झिकेका थिए । जसले गर्दा पूजालाई आर्थिक घाटा समेत भएको बताइन्छ । त्यही रिस फेर्न पूजाले आफ्नो बलमा चलचित्र  ‘दान्भी’ लाई जेठ १० मा प्रदर्शन गर्ने तयारी गरेको बताइन्छ ।

अब एक अर्काको इगो कै कारण चलचित्र प्रदर्शन मिति जुधाइएको हो भने भिरमा जाने गाई लाई राम राम भन्न सकिन्छ काँध हाल्न भने सकिँदैन बाकी दर्शक लाई नै छाडिदिऊ

Previous Post

सञ्चारकर्मीहरूका लागि धुलिखेलमा आयोजित ५ दिने चलचित्र एप्रीसियसन कार्यशाला सम्पन्न

Next Post

‘रावायण’ को छायांकन सुरु , भदौ २१ मा रिलिज हुने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
‘१२ गाउँ २’

विराज भट्टको ‘१२ गाउँ २’ को छायांकन सुरु, दशैँको फूलपातीमा प्रदर्शन हुने

बैशाख २३, २०८३, १०:२५ मध्यान्ह
फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

बैशाख २३, २०८३, १०:०५ मध्यान्ह
चलचित्र ‘आ बाट आमा २’ मा सविन श्रेष्ठको प्रवेश

चलचित्र ‘आ बाट आमा २’ मा सविन श्रेष्ठको प्रवेश

बैशाख २३, २०८३, ९:२३ मध्यान्ह
अदालतको फैसलासँगै ‘लालीबजार’ वैशाख २५ देखि हलमा आउँदै

अदालतको फैसलासँगै ‘लालीबजार’ वैशाख २५ देखि हलमा आउँदै

बैशाख २३, २०८३, ८:४७ मध्यान्ह
Next Post
‘रावायण’ को छायांकन सुरु , भदौ २१ मा रिलिज हुने

‘रावायण’ को छायांकन सुरु , भदौ २१ मा रिलिज हुने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
0

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
0

‘१२ गाउँ २’

विराज भट्टको ‘१२ गाउँ २’ को छायांकन सुरु, दशैँको फूलपातीमा प्रदर्शन हुने

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:२५ मध्यान्ह
0

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:०५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।