नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ले प्रदर्शनको ५१औँ दिन पार गरेको छ । फिल्मले शनिवारबाट प्रदर्शनको ५१औँ दिन पुरा गरेको हो । निर्माण युनिटले फिल्मले ५१ औँ दिन पार गरेको उपलक्ष्यमा केक काट्टै खुसी साटासाट गरेको छ ।
कार्यक्रममा फिल्मका कलाकार प्रकाश सपुत, केकी अधिकारी, निर्माता राजेश वंशल, निर्माता छविराज ओझा लगायत सहभागी थिए ।
गत दसैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको फिल्ममा प्रकाश सपूत, केकी अधिकारी र वर्षा सिवाकोटी स्टारको मुख्य भूमिका छ । फिल्मले काठमाडौँको अष्टनारायण पिक्चर्स, गोपीकृष्ण मुभिज र आइएनआई सिनेमाज बानेश्वर र उपत्यका बाहिरको बुटवलको मिलन सिनेमा हल, दाङको श्री गणेश सिनेमा हल र भिएफएक्स सिनेमाज, कावासोतीमा रहेको कावासोती सिनेम्याक्स, नेपालगञ्जमा रहेको सिने रोयल, पोखराको श्रीकृष्ण हलमा ५१औँ दिन मनाउन सफल भएको निर्माता राजेश वंशलले जानकारी दिए ।
फिल्मले घरेलु बक्स अफिसमा ८ करोड हाराहारी ग्रस कलेक्सन गरेको छ । मानकृष्ण महर्जनको छायाङ्कन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
Discussion about this post