BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

एक कार्यक्रमका बिच फिल्म ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर १७, २०८०, ८:४८ मध्यान्ह
in FEATURE, चलचित्र
एक कार्यक्रमका बिच फिल्म ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक
53
SHARES
Share on FacebookShare on Twitter

तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको फिल्म ‘चारदाम’को एक गीत र ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार इटहरीस्थित परिकला न्युजको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म युनिटले ट्रेलर र ‘मेरो अङ्गालोमा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको चारदाम फिल्म कोशी भिजनको ब्यानरमा निर्माण गरिएको हो । सार्वजनिक गरिएको ट्रेलर र गीतलाई युट्युबमा भने निर्माण कम्पनी कोशी भिजनकै नामम रहेको युट्युब च्यानलबाट सार्वजनिक गरिने निर्माण युनिटले जानकारी गराएको छ ।

ट्रेलर तथा गीत सार्वजनिक कार्यक्रमम नेपाल तामाङ घेदुङ केन्द्रिय संरक्षक सदस्य मनु मोक्तान, लक्ष्मण मोक्तान, जिल्ला उपाध्यक्ष हस्त पाख्रीन, नगर अध्यक्ष मोहन लोप्चन, महिला नगर अध्यक्ष कोपिला घिसिङ, संघीय सदस्य जानुकला पाख्रीन, फिल्म नाङ्साल निर्माता तथा कलाकार गणेश योन्जन तामाङको उपस्थिति रहेको थियो । यो फिल्मलाई यहि मङ्सिरको ३० गते इटहरीमा प्रिमियरको कार्यक्रम पनि तय गरिएको छ ।

इटहरीको इलाईट सिनेमा हलमा १२ बजे गरिने प्रिमियर शोमा सबैलाई उपस्थित हुन् प्रस्तुतकर्ता मोहनले आग्रह गरे । फिल्म युनिटले गएको दशैँको अवसर पारेर अफिसियल पोस्टर सार्वजनिक गरेको थियो । ‘चारदाम’को सम्पुर्ण डिजिटल राइट्स ओएसआर डिजिटललाई बिक्री गरेको छ भने इटहरीपस्चात काठमाडौ, पोखरा, भोजपुर, धरान, बेलबारी लगयतका ठाउँमा प्रिमियरको तयारी भैरहेको निर्माण युनिटले जानकारी गराएको छ ।

भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्ममा ३ ओटा गीत समावेश छ । फिल्म ‘चारदाम’मा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ती पाख्रीन, पुर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बर कुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई मैना घिसिङ, मदन बहादुर राई, पुर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले निर्माण गरेका हुन् ।

यो फिल्ममा दिपक लिम्बू, मुना ठटाल, पुर्ण लिम्बू, जोनि तामाङ र पदम ग्यावाले गीत गाएका छन् भने प्रेम कृष्ण बजगाई, जोनि योन्जनले संगीत गरेको गीतमा बजगाई, निर्देशक लाखमान र पुर्ण लिम्बुको शब्द समावेश गरिएको छ । गीतहरुमा एरेन्ज राजु कार्की र जोनी तामाङले गरेका छन् । चारदाम फिल्ममा सुमन तामाङको छायांकन तथा हेमन तामाङको सम्पादन रहेको छ भने अशोक मण्डलले शृङ्गारको कार्य गरेका छन् ।

Previous Post

‘परदेशी २’ले मनायो ५१औँ दिन

Next Post

क्राइम, सस्पेन्स र थ्रीलर जनरामा आधारित सिरिज ‘कालमाण्डु’को छायांकन धमाधम हुदै

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मंसिर २३, २०८२, १०:३५ मध्यान्ह
‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

मंसिर १६, २०८२, ४:५० मध्यान्ह
चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

मंसिर १६, २०८२, ३:५० मध्यान्ह
चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

मंसिर १५, २०८२, ८:४९ मध्यान्ह
‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

मंसिर १५, २०८२, ८:१४ मध्यान्ह
‘जेनजी’ आन्दोलन समर्पित चलचित्र ‘बिगुल’ माघ ९ गते प्रदर्शनमा आउँदै

‘जेनजी’ आन्दोलन समर्पित चलचित्र ‘बिगुल’ माघ ९ गते प्रदर्शनमा आउँदै

मंसिर १५, २०८२, ७:५५ मध्यान्ह
Next Post
क्राइम, सस्पेन्स र थ्रीलर जनरामा आधारित सिरिज ‘कालमाण्डु’को छायांकन धमाधम हुदै

क्राइम, सस्पेन्स र थ्रीलर जनरामा आधारित सिरिज ‘कालमाण्डु’को छायांकन धमाधम हुदै

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

by विशेष अनलाइन
मंसिर २३, २०८२, १०:३५ मध्यान्ह
0

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

by विशेष अनलाइन
मंसिर १६, २०८२, ४:५० मध्यान्ह
0

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

by विशेष अनलाइन
मंसिर १६, २०८२, ३:५० मध्यान्ह
0

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

by विशेष अनलाइन
मंसिर १५, २०८२, ८:४९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।