BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

दीपकराज गिरीका नजरमा दीपाश्री निरौला

एक अर्कासँग ठुस्किएर धेरै पटक सँगै काम गरेका छौँ

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १६, २०७९, ११:१७ बिहान
in FEATURE, चलचित्र, राेचक घाेचक
दीपकराज गिरीका नजरमा दीपाश्री निरौला
82
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली चलचित्र नगरीमा एक पछि अर्को सफल चलचित्र दिन सफल नाम खोज्ने हो भने कमै मात्र भेटिन्छन् ।  तिनै थोरै सफल नामहरू मध्यका नाम हुन् दीपकराज गिरी र दीपाश्री निरौला । यो जोडी मनोरञ्जन दुनियाँको लक्की जोडी हो भन्दा फरक पर्दैन । दीपक र दीपाको यो जोडी सुरुवातमा रेडियोमा निकै जमेको जोडी हो । रेडियो कार्यक्रम रामबिलास र धनियाँलाई नेपाली श्रोताले अत्यन्तै रुचाएका थिए ।

रेडियोमा जमेको रामबिलास र धनियाँ पछि विभिन्न सङ्घर्ष गर्दै सानो पर्दामा दीपक दीपा नामले नै परिचित बन्यो यो जोडी । टेलिचलचित्र तितो सत्य नेपाली दर्शकको रोजाइमा पर्‍यो । यो जोडीले तितो सत्य मार्फत लामो समय दर्शक हँसाउन सफल भए । समसामयिक विषयहरूमाथिको तितो व्यङ्ग्य प्रस्तुतिका कारण पनि लामो समय सानो पर्दामा यो जोडी जम्न सफल भएका थिए ।

सानो पर्दाबाट एक खुड्किलो माथि उक्लिँदै गर्दा दीपक दीपा सहितको एउटा टिमले नेपाली चलचित्र नगरीको दृष्टिकोण नै परिवर्तन गर्न सफल भयो । पहिले नेपाली चलचित्रमा कमेडी कालाकारहरूलाई चटनीकारुपमा प्रस्तुत गरिँदै आएको अवस्थामा कमेडी कलाकार नै चलचित्रको मुख्य पात्र भएर चलचित्र निर्माण गर्न सकिन्छ भन्ने उदाहरण यही जोडीले नै प्रस्तुत गरेको थियो ।  चलचित्र छ एकान छ निर्माण गर्दै नेपाली चलचित्र निर्माणमा पाइला चालेको यो जोडीले त्यस यता पछाडि फर्किएर हेर्नुपरेको छैन ।

यो जोडीले छ एकान छ पछि वडा नम्बर ६, छक्का पञ्जा,छक्का पञ्जा २, छक्का पञ्जा ३, छ माया छपक्कै हुदै छक्का पञ्जा ४ सम्मको सफल यात्रा गरिसकेको छ । आफ्नै चलचित्रले बनाएको रेकर्ड आफ्नै चलचित्रले तोड्न सफल भएका छन् । फाल्गुण १९ गतेबाट अलनेपाल प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा ४ ले अहिले पनि उत्साहजनक व्यापार गरिरहेको छ । देशमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि चलचित्रको माग बढिरहेको छ । यो जोडीले मनोरञ्जन नगरीमा झन्डै ३० वर्षको सहकार्य गरिसकेको छ । आज हामीले तिनै ३० वर्ष सहकार्य गरेका दीपक राज गिरीको नजरमा दीपाश्री निरौला कस्ती छन् भनेर बुझ्ने प्रयास गरेका छौँ ।

दीपाश्री निरौला नाम सुन्दा तपाईँको दिमागमा आउने कुरा भन्दिनुहोस् न
दीपा बिनाको दीपक अधुरो छ । दीपा साथमा भएकै कारण आज दीपकले यो स्थान हासिल गर्न सफल भएको छ । दीपा पर्दाभित्रको मेरो सबै थोक हो र पर्दा बाहिर एउटा असल साथी हो । झन्डै ३० वर्षको सहकार्यले हामीलाई यो उचाइ दिएको छ । साथमा दर्शकको अपार माया त छदै छ । दर्शकले यो जोडीलाई रुचाइदिएकै कारण रेडियोबाट सुरु भएको यो सहकार्य आज ठुलो पर्दासम्म आइपुग्दा सफल नै रहेको उनुभुति हुने गरेको छ ।

३० वर्षे सहयात्रामा तपाईँले चिनेकी दीपाश्री ?
मन  सफा छ । अर्काको दुखमा कहिले पनि हाँस्न रमाउन नसक्ने मान्छे हुन् दीपा । सानो खुसीमा पनि दिल खोलेर रमाउन सक्ने, कसैसँग गुनासो भए मनमा नराख्ने त्यसलाई तुरुन्त व्यक्त गर्ने गर्छिन् । मनमा कुनै खोट नभएको । कलाकारका हिसाबमा जस्तो भूमिकालाई पनि सरल तरिकाले निर्वाह गर्न सक्ने । निर्देशकिय क्षमता भएकी छन् । उनी खुसी हुँदा रुन्छिन् अनि दुखी हुँदा पनि रुन्छिन् ।

लामो सहकार्यमा मतभेद भएर एक आपसमा मनमुटाब हुने कत्तिको हुन्छ ? 
सहकार्यमा मतभेद नै भएन भने काम गरेको नतिजा उत्कृष्ट नआउन पनि सक्छ । सँगै काम गरेपछि सधैँ राम्रो मात्रै हुन्छ भन्ने हुँदैन । कहिलेकाहीँ मनमुटाब पनि नभएको हैन । तर, मनमुटाबलाई कहिले पनि हामीले ठुलो बन्न दिएनौँ । हामी विवाद गर्थिउ र गर्छौ पनि । अनि त्यो विवादबाट सकारात्मक निचोड निकाल्छौँ । धेरै पहिला देखिको प्राक्टिस नै यहि हो । एक अर्कासँग ठुस्किएर धेरै पटक सँगै काम गरेका छौँ । कहिलेकाहीँ त यति ठुलो झगडा (भनाभन) हुन्थ्यो की भोलिबाट सँगै काम गर्न सक्दिन भनेर छाडेको पनि उदाहरणहरू धेरै छन् । तर एक अर्काले गल्ती स्विकार्दै पुन काममा फर्किएका छौँ । सायद त्यो अवस्था नभएको भए आज दीपक दीपाको अवस्था यो नहुन पनि सक्थ्यो ।

दीपासँगको सहकार्यले तपाईँमा आएको परिवर्तन ? 
आज दीपक राज गिरीलाई सफल बनाउन कसैको महत्त्वपूर्ण हात छ भने त्यो दीपाको नै हो, मरा लागि त्यो भन्दा ठुलो परिवर्तन के हुन सक्ला र ? व्यक्तिगत रूपमा पनि दीपाको सङ्गतले मेरो जीवनमा धेरै परिवर्तन ल्याएको छ । कसैको मतलव नगरी आफ्नै शैलीमा हिड्ने स्वभावको मलाई दीपाको सङ्गतले सहकार्य गर्न सिकाएको छ । टिममा काम गर्दा सफल भइन्छ भन्ने पाठ सिकाएको छ । कुनै पनि काम गर्नु पुर्व सल्लाह गरेर गरेको काम राम्रो हुन्छ भन्ने पाठ सिकेको छु । त्यस्ता धेरै कुरा छन्, जसले मलाई परिवर्तन हुन बाध्य बनाएको छ र त्यसको रिजल्ट सकारात्मक आएको छ ।

दीपक दीपा रियल जोडी हुन् भन्ने कुराको खण्डन कसरी गर्नुहुन्छ ? 
सुरु सुरुमा चै यसको खण्डन धेरै गरियो । यस कुराले मलाई भन्दा धेरै समस्या दीपालाई भएको थियो जस्तो लाग्छ । कतिपयले सहकार्य टुटाउन मुल मन्त्र नै त्यस्तै विभिन्न हल्लाहरूलाई मलजल नगरेका पनि हैनन् । कुरा काट्नेहरूले काटिरहे हामी अघि बढी रहियौँ । सो हल्लाको असर काममा कहिले पनि पर्न दिएनौँ । बिस्तारै त्यस्ता हल्लाहरू सामान्य लाग्न थाल्यो । अहिले त त्यस्ता हल्लाहरू सुनिएन भने पो अचम्म लाग्छ । दर्शकको गाली नखाएको सायद दिन छैन । तर, मलाई यो कुरा पनि राम्रोसँग थाहा छ हामी जसलाई धेरै माया गछौँ, उसैबाट अपेक्षा राख्छौँ र गाली पनि उसैलाई गछौँ ।

दीपाश्री निरौलाका एक एक ओटा सकारात्मक र नकारात्मक पक्ष केलाउनुपर्दा ?
सकारात्मक कुरा धेरै छन् भने नकारात्मक सीमित छन् । त्यसमा पनि केलाउनै पर्दा दीपाश्रीमा बहुमुखी प्रतिभाको क्षमता छ । अभिनय,निर्देशन, गायन साथै सबैलाई लिड गरेर अघि बढ्न सक्ने क्षमता दीपाजीमा छ । यता नकारात्मक पक्षको कुरा गर्दा अलि चाँडो रिसाउने बानी छ रिसाइसकेपछि नियमित अवस्थामा फर्किन कहिलेकाहीँ दुई तिन दिन नै पनि लाग्ने गरेको छ ।

दीपक दीपाको जोडी र हरिवंश मदनकृष्णको जोडीमा फरक के छ ? 
यो तुलना नै नहुने कुरा हो । मह जोडी हास्य बिधाको मात्र नभएर मनोरञ्जन नगरीको एउटा उदाहरण हो । जुन उदाहरण दिन पाउँदा हामी स्वयम गर्भ महसुस गर्ने गर्छौँ ।

  •                                                                                                                        प्रस्तुति -मनोज दाहाल 
Previous Post

नेपाली चलचित्र अनि टिकटक

Next Post

चलचित्र ‘नाइँ नभन्नू ल ६’को ट्रेलर सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
चलचित्र ‘नाइँ नभन्नू ल ६’को ट्रेलर सार्वजनिक

चलचित्र ‘नाइँ नभन्नू ल ६’को ट्रेलर सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।