BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

नेपाली दर्शकले ‘प्रेमगीत ३’ हिन्दी भाषामा हेर्न पाउने

विशेष अनलाइन by विशेष अनलाइन
September 21, 2022
in FEATURE, चलचित्र
नेपाली दर्शकले ‘प्रेमगीत ३’ हिन्दी भाषामा हेर्न पाउने
63
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । अन्तत नेपालमा ‘प्रेमगीत ३’ हिन्दी भाषामा पनि प्रदर्शनमा आउने भएको छ । ‘प्रेमगीत ३’ युनिटले १५ प्रतिशत विकाश शुल्क तिरेपछि चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ हिन्दीलाई सेन्सर अनुमति दिएको हो । निर्माता चक्र बहादुर चन्द तथा वितरकद्धय मनोज राठी र गोविन्द शाहीले अध्यक्ष भुवन केसीलाई भेटेर विकास शुल्क बुझाएपछि सेन्सर अनुमति पाएको बताइएको छ । सुरुवातमा चलचित्र बिकास बोर्डले चलचित्र प्रेम गीत ३ को हिन्दी संस्करण प्रदर्शनमा १५ प्रतिशत कर लाग्ने उल्लेख गरेपछि बिवाद सुरु भएको थियो । निर्माता सन्तोष सेनले आफु ५० प्रतिशत पनि कर तिर्न तयार भएको तर चलचित्र ‘प्रेमगीत ३’ को जुनसुकै भाषाको संस्करणलाई पनि नेपाली चलचित्रको दर्जा दिइनु पर्ने उल्लेख गरेका थिए ।

अधिकांस चलचित्रकर्मीले चलचित्र बिकास बोर्डको उक्त निर्णयको आलोचना गरेका थिए भने सिमित चलचित्रकर्मीले उक्त कदमलाई सही भनेका थिए । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले पनि चलचित्र बिकास बोर्डको उक्त कदमको बिरोध गरेको गरेको थियो । कतिपय चलचित्रकर्मीले नेपालमा नेपाली भाषाको चलचित्र मात्रै प्रदर्शनमा ल्याउने पर्ने बताएका थिए ।

अन्तत नेपाली दर्शकले आफ्नो रोजाइमा चलचित्र ‘प्रेमगीत ३’ हेर्न पाउने भएका छन् । पहिलो पटक नेपाली चलचित्र हिन्दीमा भाषामा डब भएर नेपाल तथा भारत दुबै देशमा एकैसाथ प्रदर्शनमा आउन लागेका कारणले पनि यो चलचित्र प्रति सर्वाधिक दर्शकको चासो छ ।

चलचित्र बिकास बोर्डको बिधानलाई हेर्ने हो भने कुनै पनि विदेशी भाषाका चलचित्र नेपालमा प्रदर्शन गर्दा आम्दानीको १५ प्रतिशत विकास शुल्क बोर्डलाई तिर्नुपर्ने उल्लेख गरिएको छ । सोही अनुरुप ‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपाल ल्याउँदा विकास शुल्क तिर्नुपर्ने चलचित्र विकास बोर्डले बताएको थियो । तर निर्माण युनिटले भने नेपाली चलचित्र नै भएका कारण उक्त विकास शुल्कमा छुट हुनुपर्ने माग राख्दै आएको थियो ।

२०० सय बर्षअघिको प्रेम काहानी प्रस्तुत गरिएको चलचित्रलाई स्वर्गिय छेतन गुरुङ् र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका छन् । सन्तोष सेन निर्माता रहेको चलचित्रको सह निर्माता कुमार सान शाह र ओएसआर डिजिटल छन् । चलचित्रको कार्यकारी निर्माता चक्र बहादुर चन्द र मिलन सेन रहेका छन । चलचित्रमा प्रदिप खड्का, नव नायिका कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, संतोष सेन, माओत्से गुरुङग, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्बृद्धि शाही ठकुरी, योगीसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

 

Previous Post

बिवाद अन्त्य गरेर एकसाथ प्रेम गीत ३ हेर्न चलचित्रकर्मी महासंघको आग्रह

Next Post

मन्त्रालयले बिकास बोर्डको निर्णय उल्ट्यायो,‘प्रेमगीत ३’को हिन्दी संस्करणले पायो नेपाली चलचित्रको मान्यता

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

August 24, 2023
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

August 24, 2023
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

August 6, 2023
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

August 6, 2023
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

August 6, 2023
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

July 30, 2023
Next Post
बिवाद अन्त्य गरेर एकसाथ प्रेम गीत ३ हेर्न चलचित्रकर्मी महासंघको आग्रह

मन्त्रालयले बिकास बोर्डको निर्णय उल्ट्यायो,‘प्रेमगीत ३’को हिन्दी संस्करणले पायो नेपाली चलचित्रको मान्यता

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
August 24, 2023
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
August 24, 2023
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
August 6, 2023
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
August 6, 2023
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    969 shares
    Share 764 Tweet 85
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    513 shares
    Share 357 Tweet 65
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1232 shares
    Share 1100 Tweet 55
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    358 shares
    Share 230 Tweet 53
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    544 shares
    Share 428 Tweet 48
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.