BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

प्रदेश १ मा चलचित्रकर्मी महासंघको औचित्य

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १, २०७८, ११:२८ बिहान
in FEATURE, चलचित्र
प्रदेश १ मा चलचित्रकर्मी महासंघको औचित्य
76
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । चलचित्र नगरीलाई राज्यले हाल सम्म त्यति महत्व दिन सकेको छैन । पहिलेबाट नै राज्यले यस क्षेत्रलाई मनोरञ्जन दिने एउटा माध्यमका रुपमा मात्रै ब्याख्या गर्ने गरेको छ भन्दा फरक नपर्ला । बेला बखत बिभिन्न चलचित्रकर्मीहरुले चलचित्र नगरीलाई राज्यस्तरबाट नै विकास गर्न आवस्यक रहेको कुरा राज्य समहाल्ने ब्यक्तित्व तथा संघसंस्थाहरु समक्ष निवेदन गर्ने नगरेका हैनन् । तर हाल सम्म चलचित्रकर्मीले माग गरेका १० प्रतिशत माग पनि पुरा गर्न सकेको देखिदैन ।

अझै भन्दा राज्यले यस क्षेत्रप्रति चासो नै राखेको छैन । कोरोना भाइरसले उथुलपुथुल भएका क्षेत्रहरु मध्यको एक हो चलचित्र क्षेत्र । कोरोनाको त्रास सुरु हुन नपाउदै बन्द हुने चलचित्र नगरी सबै कुरा पूर्णरुपमा खुला भए पछि मात्र संचालनमा आएको सबैलाई थाहा छ । त्यसमा पनि निदाएको चलचित्र बजारलाई ब्युझाउन अन्य देशका चलचित्रहरुको साहारा लिनु परेको तितो यथार्थ छदै छ ।

चलचित्र गतिविधि र यससँग सम्बन्धित अन्य बिविद कार्यक्रमहरु सञ्चालन गर्न र चलचित्र नगरीको स्तरोन्नती गर्ने उद्देश्यले बिभिन्न संघसंस्थाहरु स्थापित छन् । उनीहरुले आ आफ्नै शैलीमा चलचित्र गतिविधि गर्दै आएका छन् भने बेला बेला सरकारी निकायलाई घच्घच्याउने काम पनि गरिरहेकै छन् । नेपाली चलचित्र नगरी काठमाण्डौ केन्द्रित भएका कारण पनि काठमाण्डौ भन्दा बाहिर चलचित्र प्रदर्शन गर्ने देखी अन्य गतिविधिका निमित्त ठुलै संघर्ष गर्नुपर्छ ।

पछिल्लो समयलाई हेर्ने हो भने काठमाण्डौ भन्दा बाहिर प्रदेश १ मा बाक्लै चलचित्र गतिविधिहरु हुने गरेका छन् । चलचित्रकर्मी महासंघ प्रदेश १ ले यसमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने गरेको छ । अरुण कुमार प्रधानको अध्यक्षतामा २०७६ साल वैशाख १४ गते गठन भएको महासंघले प्रदेश १ मा चलचित्र गतिविधिलाई निकै बढाएको देख्न सकिन्छ । प्रदेश १ मै चलचित्र बिकास वोर्डको स्थापना को एजेण्डा देखी लिएर अन्य विविध चलचित्र गतिविधिमा महासंघ लागि परेको छ ।

प्रदेश १ मा रहेर चलचित्र नगरीमा कृयाशिल बिभिन्न व्यक्तित्वहरुलाई समेट्दै स्थापना भएको महासंघमा १५वटा संघ आवद्द छन् । बिभिन्न जातिय तथा सस्कृति समेट्दै स्थापित संघहरु महासंघकै मातहतमा रहेर कार्य सम्पादन गर्दै आएका छन् । चलचित्र निर्देशक समाज प्रदेश १ (रविन श्रेष्ठ),चलचित्र निर्माता संघ प्रदेश १ ( चिरञ्जीबी बस्नेत),नेपाल चलचित्र कलाकार संघ प्रदेश १(पुष्प श्रेष्ठ),नेपाल चलचित्र प्राविधिक संघ प्रदेश १ (प्रकाश सुव्वा),चलचित्र नृत्यकर्मी संघ प्रदेश १(नगेन्द्र राई),आदिवासी जनजाती चलचित्रकर्मी संघ प्रदेश १(ज्योतिराज राई),थारु चलचित्र तथा सांस्कृतिकर्मी संघ प्रदेश १(पर्शुराम चौधरी),मैथली चलचित्रकर्मी संघ प्रदेश १(सन्तोष सरकार),तमाङ चलचित्र संघ प्रदेश १( लाखमान योन्जन),राजावंशी चलचित्र संघ प्रदेश १ (प्रवलदिप विस्वास),खवास चलचित्र संघ प्रदेश १ (हुदुवा खवास),राजावंशी चलचित्र कलाकार उत्थान केन्द्र प्रदेश १ ( होमनारायण राजवंशी),सुनसरी चलचित्रकर्मी संघ प्रदेश १(नविन मेन्याङ्वो) मोरङ चलचित्रकर्मी संघ प्रदेश १ (निरज गौतम) र भोजपुर चलचित्रकर्मी संघ प्रदेश १ (बिनोद बस्नेत) चलचित्रकर्मी महासंघ प्रदेश १ मा आवद्ध संघसस्था र उक्त संस्थाका नेतृत्वकर्ता हुन् ।

प्रदेश १ लाई चलचित्र गतिविधिको मुख्य स्थान बनाउने संघ सस्थाहरुबाट महासंघ बनेको चलचित्रकर्मी महासंघले प्रदेश १ का चलचित्र गतिविधिलाई विस्वस्तरमा चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । प्रदेश १ मा बन्ने मुख्य जातिय चलचित्रकर्मीहरुलाई साथमा लिएर हिडेको महासंघले जातिय चलचित्रको विकाष तथा त्यस्ता चलचित्रहरुलाई राष्ट्रिय चलचित्रका रुपमा बिकास गर्नका लागि पनि उत्तिनै योगदान दिदै आएको छ ।

प्रदेश १ मा भएका चलचित्र छायांकन स्थलहरुको प्रचार प्रसार गरी चलचित्र छायांकनका लागि प्रोत्साहित गर्ने कार्यमा निरन्तर लागि परेको छ । प्रदेश १ मा बन्ने भनिएको फिल्म स्टुडियोलाई भनाईमा मात्र समित बन्न नदिनका लागि सरकारी ढोका ढकढक्याउने देखी प्रदेश १ मा छुट्टै चलचित्र विकास वोर्ड स्थापना गरी यसै क्षेत्रमा रहेर चलचित्र बुझेको अनुभवीलाई नेतृत्व सुम्पिनु पर्ने माग समेत चलचित्रकर्मी महासंघ प्रदेश १ ले राख्दै आएको छ ।

स्थापना भएको समय देखि नै सकृय रहदै आएको महासंघले प्रदेश १ मा रहेका अग्रज कलाकर्मीहरुको कोरोना विमा गर्नुका साथै याहाका चलचित्रकर्मीहरुलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउने कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गरेको थियो । बिभिन्न प्राकृतिक प्रकोपहरुबाट धनजनको क्षति भएका व्यक्तित्वहरुलाई घर घरमै गएर राहत वितरण गर्ने देखि निशुल्क कपाडा वितरण गर्ने कार्यमा पनि महासंघ लागि परेको थियो ।

इटहरीमा लुजा सिंहमार्फत ३ दिने चलचित्र निर्माण प्रशिक्षण दिएको महासंघले सुनसरीको बराह नगरपालिकामा रहेको श्रिलंका टापुमा फिल्म स्टुडियो निर्माणका लागि २ सय बिघा जग्गा उपलब्ध गराएको कुरालाई मध्यनजर गर्दै बराह नगरपालकिाका प्रमुख निलम खनाललाई सम्मान गरेको थियो । स्पेनि बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बेस्ट नेशनल डिरेक्टर अफ फोटोग्राफी अवार्ड जित्न सफल छोटो चलचित्र “द रेडमुन” र इन्डिजेनियस चलचित्र महोत्सव यु एस ए मा बेस्ट स्टोरी अवार्ड जित्न सफल छोटो चलचित्र “के” निर्माण टिमालाई प्रोत्साहन स्वरुम सम्मान गरेको थियो ।

राष्ट्रिय स्तरमा स्थापित चलचित्रकर्मीहरुको उपस्थितिमा प्रदेश १ मा नेपाली चलचित्रको प्रभाव विषयक अन्तरकृया गरेको थियो भने वरिष्ठ कलाकार निर शाह, कलाकार युवराज लामा, भोलाराज सापकोटा,निर्देशक तथा कलाकार दीपाश्री निरौला, रविन्द्र खड्का,निर्माता रक्षा सिंह राणा,छायाकार पुरुषोत्तम प्रधान, निर्देशक जनकदिप पराजुली लगायतको उपस्थितिमा ५ दिने चलचित्र निर्माण प्रशिक्षण भव्यताका साथ सम्पन्न गरेको थियो ।

सोही कार्यक्रमको अन्त्यमा महासंघले प्रथम साधारण सभा समेत सम्पन्न गरेको थियो । फागुन २८ गते धरानमा भएको साधारणसभाबाट अध्यक्षमा पुनः अरुण कुमार प्रधान निर्विरोध निर्वाचित भएका छन् अन्य पदाधिकारीहरु पनि पहिलेकै कार्यसमिति अनुसार दोहोरिएको थियो भने केही पदाधिकारीहरु थप गरिएको थियो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रेणु कुमारी चौधरी, उपाध्यक्षमा प्रकाश सुब्बा र लाखमान योन्जन, महासचिवमा दिनेश कोईराला, सचिवमा गोपाल याक्तेन, कोषाध्यक्षमा शारदा शाक्य र सह कोषाध्यक्ष मा रविन श्रेष्ठ पुन दोहोरिएका हुन् । कार्यसमिति सदस्यहरुमा विजय सुब्बा, हिमाल दाहाल, भीषण राइ, सुरेन्द्र राज भुजेल, सन्तोष सरकार, लोक चन्द्र श्रेष्ठ, रितेश जङ खत्री, मेनुका माझी, कैलाश बराईली सर्वसम्मत निर्वाचित भएका थिए। सभाले वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रमुख सल्लाहकारको रुपमा नियुक्त्त गरेको थियो ।

सुरुवातमै वार्षिक कार्ययोजनाहरुको निर्माण गरी प्रदेश सरकार समक्ष पेश गरिएको भए पनि प्रदेश सरकारबाट योजना अनुरुपको सहयोग प्राप्त नभएको महासंघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी गराए ।

“हामीले वर्षको सुरुवातमा नै महासंघका वार्षिक योजनाहरु प्रदेश सरकारलाई बुझाएका थियौँ,सरकारको नेतृत्व पटक पटक परिवर्तन हुने लगायतका बिभिन्न कारणले योजना अनुरुपको सहयोग प्रदेश सरकारबाट हुन सकेन तर पनि महासंघले आफ्नो योजना अनुसार नै कार्यसम्पादन गर्दै आएको छ ।” अध्यक्ष प्रधानको भनाई थियो । प्रदेश १ लाई चलचित्र नगरी बनाउनका लागि आफ्ना अन्य धेरै योजनाहरु रहेको र सोही अनुरुप महासंघ अघि बढिरहेको अध्यक्ष प्रधानको भनाई थियो ।

प्रदेश १ मा पनि चलचित्रकर्मी छन् र सकृय छन् भन्ने अनुभुति राष्ट्रिय स्तर सम्म गराउन सफल भएको महासंघले चलचित्र निर्माण र प्रदर्शनका लागि पनि प्रदेश १ महत्वपुर्ण स्थान हो भन्ने अनुभुति गराउन त्यस सम्बन्धित कार्ययोजना निर्माण गरी योजना अनुरुप नै कार्यसम्पानद गर्न आवस्यक देखिएको छ ।

Previous Post

चलचित्र निर्माण आधारभुत प्रशिक्षण भव्यताका साथ सम्पन्न

Next Post

आकाश र एलिजाको ‘दुख्छ मन’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

फाल्गुन २६, २०८२, ९:५४ मध्यान्ह
चलचित्र ‘टिका’को घोषणा

चलचित्र ‘टिका’को घोषणा

फाल्गुन २५, २०८२, १०:२२ मध्यान्ह
‘एक मुठी बादल’ जेठ १ देखि प्रदर्शनमा: महिला सशक्तिकरणको नयाँ बिम्ब

‘एक मुठी बादल’ जेठ १ देखि प्रदर्शनमा: महिला सशक्तिकरणको नयाँ बिम्ब

फाल्गुन २५, २०८२, ९:५८ मध्यान्ह
चलचित्र ‘हामी तीन भाइ’को टिजर सार्वजनिक: चैत १३ मा प्रदर्शन हुने

चलचित्र ‘हामी तीन भाइ’को टिजर सार्वजनिक: चैत १३ मा प्रदर्शन हुने

फाल्गुन २०, २०८२, १०:१८ मध्यान्ह
Next Post
आकाश र एलिजाको ‘दुख्छ मन’

आकाश र एलिजाको ‘दुख्छ मन’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
0

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
0

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, ९:५४ मध्यान्ह
0

चलचित्र ‘टिका’को घोषणा

चलचित्र ‘टिका’को घोषणा

by विशेष अनलाइन
फाल्गुन २५, २०८२, १०:२२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।