BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र निर्माण आधारभुत प्रशिक्षण भव्यताका साथ सम्पन्न

विशेष अनलाइन by विशेष अनलाइन
फाल्गुन २८, २०७८, ९:०५ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र निर्माण आधारभुत प्रशिक्षण भव्यताका साथ सम्पन्न
78
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले चलचित्र निर्माण प्रशिक्षण सफलता पुर्वक सम्पन्न गरेको छ । प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र प्रसााद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश १ का बिभिन्न चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले प्रदेश एकमा चलचित्र बिकासवोर्ड स्थापनाका लागि आफु सकारात्मक रहेको बताए । उनलो प्रदेश १ मा चलचित्र गतिविधी बढाउन चलचित्रकर्मीसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उल्लेख गरे ।

फागुन २३ देखी २८ गते सम्म भएकोचलचित्र निर्माण प्रशिक्षणमा अभिनय,लेखन,निर्देशन तथा प्रोडक्सन, सम्पादन,क्यामरा, मिडिया तथा मार्केटिङ,चलचित्र र समाज लगायतका विषयमा प्रशिक्षण दिइएको महासंघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए ।

प्रशिक्षकका रुपमा वरिष्ठ कलाकार निर शाह, कलाकार युवराज लामा, भोलाराज सापकोटा,निर्देशक तथा कलाकार दीपाश्री निरौला, रविन्द्र खड्का,निर्माता रक्षा सिंह राणा,छायाकार पुरुषोत्तम प्रधान, निर्देशक जनकदिप पराजुली लगायत रहेका थिए ।

प्रदेश १ लाई केन्द्रमा रहेका चलचित्रकर्मीहरुले हेर्ने दृष्टिकोण हेपाहा प्रवित्तिको भएको र उक्त दृष्टिकोणमा परिवर्तन ल्याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको र उद्देश्य पुर्तिमा सफल महशुष भएको अध्यक्ष प्रधानको भनाई छ । कोभिड १९ पछिको ठप्प चलचित्र नगरीलाई चलायमान बनाउने अर्को उद्देश्य राखिएको र राष्ट्रिय स्तरमा ख्याति कमाएका चलचित्रकर्मीलाई प्रदेश १ मा उतार्न सफल भएका कारण पनि प्रदेश १ को चलचित्र बजारलाई थप टेवा पुगेको अध्यक्ष प्रधानले बताए ।

प्रदेश १ का १४ जिल्लामा भएका पर्यटकिय क्षेत्रका बिषयमा अन्तरकृया गरी त्यस्ता सम्भावित क्षेत्रमा चलचित्र छायांकनको लागि चलचित्रकर्मीलाई आकर्षित गराउन पनि कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गरेको महासंघका महासचिव दिनेश कोइरालाको भनाई छ ।

प्रदेश १ का १४ जिल्ला बाट झण्डै ५० जना भन्दा धेरै सहभागी भएको र ५ दिनको सिकाई उपलब्धी मुलक भएको प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुले बताए । धरानको हरियाली सामुदायिक बनको हलमा आयोजना भएको उक्त प्रशिक्षण कार्यक्रममा २ हजार शुल्क तोकिएको थियो भने उक्त तालिममा टाढाबाट आउने प्रशिक्षार्थीहरुलाई खान तथा बस्नका लागि समेत व्यवस्था गारिएको थियो ।

प्रशिक्षणमा सहभागीहरु मध्ये उत्कृष्ट एकजनालाई इटहरी स्थित पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनले फिल्मिङ कोर्षको लागि निशुल्क सिक्ने व्यबस्था मिलाइएको छ । साथै अन्य सहभागी जो कोहीले फिल्मिङ कोर्ष गर्न चाहको खण्डमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनका प्रबन्धक रोनिश राउतले जानकारी दिए ।

सहभागीहरुबाट १५ दिन भित्रमा एउटा छोटो चलचित्र निर्माण गरी बुझाउने पर्ने र उक्त छोटो चलचित्रमा गरिएको कामको मुल्यांकनका अधारमा फिल्मिङ कोर्षको लागि निशुल्क सिक्ने व्यबस्था मिलाइने राउतले बताए ।

सोही कामलाई हेरेर हरेक बिधालाई अवार्ड समेत प्रदान गरिने अध्यक्ष प्रधानको भनाइ थियो । चलचित्र विकाष वोर्डको सहकार्यमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको उक्त प्रशिक्षण कार्यक्रमको संयोजन नेपाल चलचित्र निर्देशक समाज काठमाण्डौले गर्ने छ ।

Previous Post

पुर्वमा चिसो एस्ट्रे

Next Post

प्रदेश १ मा चलचित्रकर्मी महासंघको औचित्य

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
प्रदेश १ मा चलचित्रकर्मी महासंघको औचित्य

प्रदेश १ मा चलचित्रकर्मी महासंघको औचित्य

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।