बिशेष अनलाइन । कुनै समय दशैका बेला तछाड मछाड हुने चलचित्र बजार यतिबेला शान्त देखिएको छ । ठुला व्यानरका चलचित्रहरु हिन्दी चलचित्रको मुख ताकेर बसिरहेको अवस्था छ भने नेपाली दर्शक पनि चलचित्र हेर्नका लागि हलसम्म पुग्ने आँट गर्न सकेका छैनन् । हुन त चलचित्र निर्माता तथा निर्देशकलाई हौसाला प्रदान गर्ने उद्देश्यका साथ सुरुवातमा प्रदर्शन हुने चलचित्रलाई ७ लाख सम्म प्रदान गर्ने घोषणा गरिसकेको छ । तर पनि यतिकै अवस्थामा चलचित्र प्रदर्शन गर्न निर्माता तथा निर्देशकहरु तयार देखिएका छैनन् ।
यसै बिच बिजया दशमीलाई लक्षित गर्दै आजबाट चलचित्र ‘डाँडाको वर पीपल’ प्रदर्शनमा आएको छ । प्रदर्शन अघि महानायक बिवादको चपेटामा परेको यस चलचित्रको गितलाई नेपाली दर्शकले युट्यूवमा डिसलाइक अभियान नै चलाएका छन् । उक्त बिवादकै कारण चलचित्र बहिस्कार गर्ने चेतावनी समेत दिएका छन् । चलचित्र ‘डाँडाको वर पीपल’लाई निर्देशक शोभित बस्नेतले निर्देशन गरेका छन् । यसमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा लगायतको अभिनय छ ।
चलचित्रको प्रिमियरमा पनि बिभिन्न कलाकारहरुले चलचित्रको प्रशंसा गरेका थिए । काठमाडौंको वान सिनेमाजमा आयोजना गरिएको प्रिमियरमा नायिका रेखा थापा, स्वस्तिमा खड्का, निर्देशक दीपाश्री निरौला लगायत पुगेका थिए । नवराज गिरीले निर्माण गरेको यो चलचित्रले लामो समयसम्म बन्द रहेको चलचित्र उद्योगलाई चलायमान बनाउन मद्दत गर्ने विश्वास चलचित्रकर्मीहरुले गरेका छन् ।
निर्माण पक्षले पनि चलचित्रलाई दर्शकले रुचाउने अपेक्षा गरेको छ । तर, आजको पहिलो शो हेर्दा चलचित्रको प्रदर्शन उत्साहजनक देखिएको छैन । चलचित्र हल जानका लागि बिर्सिसकेका नेपाली दर्शकले महानायक बिवाद पछि चलचित्र बहिस्कारको धम्कीको चपेटामा चलचित्र पर्न सक्ने देखिएको छ ।
Discussion about this post