बिशेष अनलाइन । नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघले नेपाली चलचित्र नगरीको तत्कालिन अवस्था र आउने चुनौतिहरुको विषयमा अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर छलफल गरेका छन् । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले उक्त कुराको पुष्टि गरेका छन् ।
सरकारसँग अनुदान नभइ क्षणिक सहयोग र चलचित्र नगरीको पुनरउत्थान साथै सहुलियल कर्जाको माग गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । अर्थमन्त्री शर्मासँगको भेटमा राष्ट्र बैंकको आगामी मौद्रिक नीतीमा समावेश हुनुपर्ने बिषय तथा अर्थिक वर्ष २०७८–०७९ को बजेटमा समेटिएका बिषयको कार्यनयनका विषयमा समेत छलफल भएको छ ।
बजेटमा समावेश हुन छुटेका विषय माथि पुनर्बिचराको मग समेत गरिएको अधिकारीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । अध्यक्ष अधिकारीले राज्यको सहयोग भएमा चलचित्र नगरीलाई पुरानै लयमा ल्याउन सकिने समेत बताएका छन् ।
Discussion about this post