BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

धेरै सिक्वेल भएका ५ नेपाली चलचित्र

विशेष अनलाइन by विशेष अनलाइन
साउन १०, २०७८, १०:२७ बिहान
in FEATURE, चलचित्र
धेरै सिक्वेल भएका ५ नेपाली चलचित्र
123
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन ।नेपाली चलचित्र नगरीमा जतिपनि सफल चलचित्र छन्,पछिल्लो समय तिनै चलचित्रहरुको सिक्वेल निर्माण गर्ने परम्परा नै बसेको छ । एउटा चलचित्र सफल भए पछि दर्शकलाई हलसम्म तान्न सहज हुने भएकाले पनि नेपाली चलचित्रका निर्माता तथा निर्देशकहरु नायाँ नामलाई भन्दा पुरानै सफल चलचित्रको सिक्वेल बनाएर चलचित्र निर्माण गर्ने गरेका छन् । नयाँ नामबाट दर्शकले नपत्याए पछि पुरानै चलचित्रको सिक्वेल निर्माण गरेको र त्यसमा भने सफल भएका उदाहरणहरु प्रसस्तै छन् ।

नेपाली चलचित्र नगरी अब कसरी अघि बढ्छ यसै भन्न सक्ने अवस्था छैन । नेपाली चलचित्रलाई पुरानै लयमा फर्कउन अब सहज नभएको टिप्पणी हुने गरेको छ । नेपाली चलचित्र नगरी १५ वर्ष पछि धकेलिएको चलचित्र पण्डित बताउछन् । निर्माण भएका चलचित्रहरु पनि कहिलेबाट प्रदर्शनमा आउछन् भन्ने यकिन छैन । आज हामी नेपाली चलचित्र नगरीमा धेरै सिक्वेलका रुपकम निर्माण भएका चलचित्रहरुका विषयमा चर्चा गर्दै छौँ ।

नाईं नभन्नु ल
निर्देशक विकासराज आचार्य नेपाली चलचित्र नगरीमा सबै भन्दा धेरै सिक्वेल निर्माण गर्ने निर्देशक हुन् । नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा धेरै सिक्वेल बनेको चलचित्र हो नाईं नभन्नु ल । चलचित्र नाईं नभन्नु ल को ४ सिक्वेल निर्माण भइसकेको छ । हालसम्म निर्माण भएका हरेक सिक्वेललाई नेपाली दर्शकले रुचाउने गरेका छन् ।

निर्देशक विकासराज आचार्यलाई अन्य नाम राखे असफल हुन्छु भन्ने डरले सिक्वेललाई प्राथमिकता दिएको आरोप समेत लाग्ने गरेको छ । धेरै आरोप लागे पछि निर्देशक आचार्यले सिक्वेललाई केही पर सार्दै हजार जुनीसम्म नामक चलचित्र निर्माण गरे । तर, आरोपमा भनिएको जस्तै उनी जसरी नाई नभन्नु ल को सिक्वेलमा सफल भएका थिए, चलचित्र हजार जुनीसम्म मा हुन सकेनन् । चलचित्र हजार जुनीसम्मलाई नेपाली दर्शकले अपेक्षा गरेअनुरुप रुचाउन सकेनन् ।

अवस्था सामान्य बनेपछि अब पुन निर्देशक आचार्य नाई नभन्नु ल को अर्को सिक्वेल निर्माण गर्ने योजनामा छन् । उनले बाल कलाकार अनुभव रेग्मीलाई अभिनेताका रुपमा प्रस्तुत गरेपछि बल्ल सिरिजको अन्त्य गर्ने प्रतिकृया समेत दिइसकेका छन् ।

ए मेरो हजुर
यस्तै दोस्रो धेरै सिक्वेल निर्माण भएको चलचित्र हो ए मेरो हजुर । चलचित्र ए मेरो हजुर पनि सिक्वेल निर्माणमा भाग्यमानी साबित हुँदै आएको छ । यसका हरेका सिक्वेललाई दर्शकले रुचाएका छन् । चलचित्र ए मेरो हजुरको तेस्रो सिक्वेल समेत निर्माण भइसकेको छ । ए मेरो हजुरको तेस्रो सिक्वेलका रुपमा निर्माण भएको चलचित्र ए मेरो हजुरा ४ मा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भुमिका रहेको छ ।

कोरोना भाइरसका कारण जारी पटक पटकको लकडाउनका वावजुत चलचित्रको छायांकन सम्पन्न भइसकेको छ । पहिलो भेरिएन्टको कोरोना भाइरसबाट अवस्था समान्य बन्दै गएपछि चलचित्रको प्रदर्शन मिती पनि तय गरिएको थियो । तर पुन दोश्रो भेरिएन्टका कारण चलचित्र प्रदर्शन घोषित मितीमा हुन सकेन । अब उक्त चलचित्र कहीलेबाट प्रदर्शनमा आउछ भन्ने यकिन हुन सकेको छैन ।
चलचित्र ए मेरो हजुर ४ लाई अपेक्षित चलचित्रका रुपमा हेरिएको छ । चलचित्रलाई अभिनेत्री तथा निर्देशक झरना थापाले निर्देशन गरेकी हुन् ।

कबड्डी
चलचित्र कबड्डीको तेस्रो सिक्वेल पनि निर्माण भइसकेको छ । कबड्डीको हरेक सिक्वेललाई नेपाली दर्शकले रुचाएका छन् । बिशेष त चलचित्रमा अभिनेता दयाहाङ राईको भुमिकाले निकै चर्चा पाउने गरेको छ । चलचित्रको तेस्रो सिक्वेल छायांकन भइसकेको भए पनि चलचित्र कहिलेबाट प्रदर्शनमा आउछ भन्ने यकिन छैन । चलचित्रको पहिलो सिक्वेललाई कबड्डी कबड्डी नाम दिइएको थियो भने दोश्रो सिक्वेललाई कबड्डी कबड्डी कबड्डी नाम दिइएको थियो ।

हाल छायांकन सम्पन्न भएर प्रदर्शनको तयारीमा रहेको तेश्रो सिक्वेललाई भने कबड्डी ४ नाम दिइएको छ । चलचित्रमा पहिलके केही कलाकारहरुले अभिनय गरेका छन् भने केही नायाँ कलाकारहरुलाई पनि प्रस्तुत गरिएको छ । कबड्डी ४ मा दयाहाङ राई, सौगात मल्ल, बुद्धी तामाङसँगै अभिनेत्री मिरुना मगरलाई प्रस्तुत गरिएको छ । चलचित्र कबड्डीको तेश्रो सिक्वेललाई पनि अपेक्षित चलचित्रका रुपमा हेरिएको छ ।

छक्का पञ्जा
यस्तै तेस्रो धेरै सिक्वेल निर्माण भएको चलचित्र हो छक्का पञ्जा । हाल सम्ममा छक्का पञ्जाका २ वटा सिक्वेल निर्माण भएका छन् । दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल र केदार घिमिरेको सहकार्यमा निर्माण हुने गरेको यस चलचित्रको हरेक सिक्वेलले एक पछि अर्को रेकर्ड राख्न सफल भएका छन् ।

नेपाली चलचित्रको इतिहासमा २० करोडमाथिको व्यापार गर्न सम्भव छ भन्ने उदाहरण पनि छक्का पञ्जाले प्रस्तुत गरिसकेको छ । यो टिम भने सिक्वेलमा मात्र नभएर नयाँ नाम राखेर चलचित्र निर्माणमा पनि सफल भइसकेको छ ।

छक्का पञ्जाको सिक्वेललाई केही पछि सार्दै यो टिमले निर्माता रोहित अधिकारीको सहकार्यमा चलचित्र छ माया छपक्कै निर्माण गर्यो ।

उक्त चलचित्रलाई निर्देशक दिपेन्द्र लामाले निर्देशन गरेका थिए । छक्का पञ्जाको सिक्वेल जस्तै छ माया छपक्कैलाई पनि नेपाली दर्शकले निकै रचाएका थिए । अब भने दीपक दीपाको यो टिमले चलचित्र छक्का पञ्जाको अर्को सिक्वेल निर्माण लाग्ने तयारीमा रहेको चलचित्र नगरीमा चर्चा छ ।

प्रेमगीत
यस्तै सिक्वेलमा सफल मानिएको अर्को चलचित्र हो प्रेमगीत । चलचित्र प्रेमगीतमा अभिनेता प्रदिप खड्का र अभिनेत्री पूजा शर्माको जोडीलाई दर्शकले रुचाएका थिए । चलचित्रको कथालाई पनि दर्शकले मन पराए । प्रेमगीत बाट नै नेपाली दर्शकले अभिनेता प्रदिप खड्का र अभिनत्री पुजा शर्मालाई रुचाएका थिए ।

चलचित्रको प्रदर्शनसँगै चलचित्र निर्माण युनिट बिचमा नै मनमुटाब भयो । निर्माण युनिट नै २ धारमा बिभाजित भएको थियो । सोही चलचित्रको प्रदर्शन पछि अभिनेता प्रदिप र अभिनेत्री पूजाबिचमा समेत मनमुटाव भयो । अन्तत उनीहरु एउटै चलचित्रमा काम नगर्ने भए । निर्माता सन्तोष सेनले प्रदिप खड्कालाई लिएर चलचित्रको सिक्वेल निर्माण गरे । चलचित्रको सिक्वेललाई पनि दर्शकले रुचाए ।

उता निर्देशक सुदर्शन थापाले पनि अभिनेत्री पुजालाई साथमा लिएर प्रेमगीतबाट अत्याधिक रुचाइएको गीत म यस्तो गित गाउछु बाट नै चलचित्रको नाम राखेर चलचित्र निर्माण गरे । उक्त चलचित्रलाई पनि नेपाली दर्शकले निकै रुचाए । म यस्तो गित गाउछुको पहिलो सिक्वेल समेत निर्माण भइसकेको छ । यता प्रेमगीतको पनि दोस्रो सिक्वेल निर्माण भइसकेको छ । प्रेमगीतको दोश्रो सिक्वेललाई भने नेपाली दर्शकले चासोका साथमा हेरेका छन् । उक्त चलचित्र हिन्दी भाषामा समेत डबिङ भएका कारण पनि चलचित्रलाई नेपाली दर्शकले पर्खिरहेका छन् ।

यी चलचित्रसँगै चलचित्र कुस्सुमे रुमाल, पापी मान्छे, होस्टल, सायद, लुट,बिर बिक्रम,जात्रा, बब्बी लगायत अन्य धेरै चलचित्रहरुको सिक्वेल निर्माण भएका छन् । धेरै निर्देशक तथा निर्माताहरुले पुरानो चलचित्रको सिक्वेल घोषणा समेत गरेका छन् ।

दर्शकलाई आफुले निर्माण गरेको अघिल्लो चलचित्र स्मरण गराउनका लागि पनि सिक्वेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने चलचित्र निमाृता तथा निर्देशकहरुको बुझाइ छ ।

Tags: ए मेरो हजुरकबड्डीछक्का पञ्जानाईं नभन्नु लप्रेमगीत
Previous Post

‘डाडा बजार´मा लाहुरे परिवारको प्रेमिल कथा (भिडियोसहित )

Next Post

पुन सुचारु हुदै ‘मुन्द्रेको कमेडी क्लब’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
पुन सुचारु हुदै ‘मुन्द्रेको कमेडी क्लब’

पुन सुचारु हुदै ‘मुन्द्रेको कमेडी क्लब’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।