BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

अनमोलका हिरोइनहरु कोही चले कोही हराए

विशेष अनलाइन by विशेष अनलाइन
असार १९, २०७८, ३:१४ मध्यान्ह
in FEATURE, चलचित्र
अनमोलका हिरोइनहरु कोही चले कोही हराए
524
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपाली चलचित्र नगरीमा महंगा अभिनेताका रुपमा चिनिन्छन् अनमोल केसी । उनलाई केहीसमय अघिमात्र नेपाली चलचित्र ‘एक्स ९’का लागि ७५ लाख रुपैयाँ अफर आएको चर्चा छ । उक्त चलचित्रमा बलिउड अभिनेता सुनिल सेट्टीलाई समेत अफर गरिएको छ । वलिउड अभिनेता सुनिललाई भिलेनको भूमिकाका लागि अफर गरिएको बताइएको छ । चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले यो चलचित्रको निर्देशन गर्न लागेका छन् ।

एउटै चलचित्रमा ७५ लाख रुपैयाँ अफर गर्नुले पनि उनको अभिनय रहेको चलचित्र सफल बन्न सक्छ भन्ने बिस्वास दिलाउन सफल भएका छन् अभिनेता अनमोल ।

यति बेला उनी चलचित्र ‘ए मेरो हजुर ४’ मा काम गरिरहेका छन् । यस चलचित्रमा अभिनेता केसीले पहिलो पटक एक अभिनेत्रीसँग दोहोर्याएर काम गरेका छन् । उनले ‘ए मेरो हजुर ३’ की डेव्यू अभिनेत्री सुहाना थापासँग दोस्रोपटक काम गरिरहेका छन् । अनमोलले यस अघि काम गरेका प्रत्येक चलचित्रहरुमा नयाँ अभिनेत्रीहरुसँग रोमान्स गरेका थिए।

अनमोलसँग काम गरेका अभिनेत्रीहरु हाल कस्तो अवस्थामा छन् त ? हामीले आज उनिहरुको खोजी गर्ने प्रयास गरेका छौँ ।

प्रकृती श्रेष्ठ
अभिनेता अनमोल केसीको पहिलो चलचित्र होस्टल हो । उनले होस्टेलबाट नै अभिनेताका रुपमा डेब्यू गरेका थिए । उनलाई निर्देशक हेमराज बिसीले चलचित्र नगरीमा डेब्यू गराएका हुन् । अनमोल केसीले चलचित्र ‘होस्टल’मा अभिनेत्री प्रकृती श्रेष्ठसँग रोमन्स गरेका थिए । एक समय म्युजिक भिडियोमा राम्रो स्थान पाएकी प्रकृती श्रेष्ठ सोही चलचित्रबाट चलचित्रन गरीमा उदाएकी थिइन् । कुनै समय अभिनेता पल शाहको जोडीका रुपमा चित्रित हुने अभिनेत्री श्रेष्ठले हेमराज बिसी निर्देशित चलचित्रबाट निकै सम्भावना बोकेकी अभिनेत्रीका रुपमा चर्चा कमाएकी थिइन् । त्यस ताका नै धेरै नेपाली दर्शकले उनलाई अभिनेता पल शाहको प्रेमिकाका रुपमा समेत चर्चा गर्ने गरेका थिए ।

‘म्युजिक भिडियो बाट नै राम्रो फ्यान फलोइङ कमाएकी अभिनेत्री श्रेष्ठले होस्टल’मा काम गरेपछि थप प्रसंसा बटुल्न सफल भइन् । उनले उक्त चलचित्रबाट बिभिन्न अर्वाड समेत जित्न सफल भएकी थिइन् । उनि त्यस समय धेरै नेपाली निर्देशक तथा निर्माताहरुको आसाको केन्द्र बन्न सफल भएकी थिइन् । त्यस पछी उनलाई नेपाली चलचित्रमा अफरको ओइरो नै लागेको थियो । होस्टेल पछी उनले नेपाली चलचित्र उत्सव, जिन्दगी रक्स, आभास लगायतका चलचित्रहरुमा काम गरिन् । तर ‘होस्टल’ पछिका कुनै पनि चलचित्रले उनलाई सफल बनाउन सकेनन् ।

अन्तत नायिका प्रकृती श्रेष्ठ चलचित्र नगरीबाटै गायब भइन् । पछि उनले अष्ट्रेलियन पिआर भएका सुदिप न्यौपानेसँग विवाह गरिन् र अष्ट्रेलियामा नै बसोबास गर्न थालिन। हाल भने उनि नेपाल फर्किएकी छन् । नेपाल फर्किएर उनले अभिनयमा निरन्तरता दिन थालेकी छन् । यतिबेला अभिनेत्री श्रेष्ठ बिहे पास नामक चलचित्रमा काम गरिरहेकी छन् । उनि बिहे पसमा अभिनेता दयाहाङ राईको अपोजिटमा रहेर काम गर्दै छिन् । चलचित्रमा उनि एक सरकारी जागिरे पात्रका रुपमा देखिन लागेकी छन् । चलचित्र बिहे पास उनका लागी कत्तिको लक्की साबित हुन्छ भन्ने कुरा भने समयले बताउने छ ।

आना शर्मा
पहिलो चलचित्रबाट राम्रो प्रतिकृया पाएका अभिनेता अनमोल केसीलाई दोस्रो चलचित्रमा पनि निर्देशक हेमराज बिसीलेनै ल्याएका हुन् । अभिनेता अनमोल केसीले अभिनय गरेको दश्रो चलचित्र हो ‘जेरी’ । चलचित्र ‘जेरी’मा अभिनेता अनमोल केसीले अभिनेत्री आना शर्मासँग अनस्कृन रोमान्स गरेका थिए । आना शर्माले पनि अनमोलसँग स्कृन सेयर गर्दै सोही चलचित्रबाट डेब्यु गरेकी थिइन् । पहिलो जस्तै अनमोलको दाश्रो चलचित्रलाई पनि नेपाली दर्शकले राम्रै साथ दिए ।

अभिनेत्री आनाको पनि त्यस ताका निकै चर्चा भएको थियो । अभिनेत्री शर्मालाई सोही चलचित्रबाट २०१४ कि बेस्ट नायिकाको अर्वाड प्रदान गरिएको थियो । उनलाई उक्त अवार्ड नेफ्टा अर्वाडले प्रदान गरेको थियो । जेरीपछि उनले नेपाली चलचित्र ग्यांग स्टार ब्लुजमा काम गरेकी थिइन् ।

उनी अभिनित दोश्रो चलचित्रलाई भने दर्शकले अपेक्षाकृत साथ दिएनन् । त्यसपछि उनले ‘लभ इन्ट्यान्ट्ली’ नामक नेपाली सेरिजमा काम गरेकी थिइन् । हलिउड तथा वलिउडका समेत बिभिन्न कलाकारको अभिनय रहेको चलचित्र द म्यान फ्रम काठमाण्डौमा अभिनेत्री आनाले निर्वाह गरेको भुमिकाको चौतर्फी चर्चा भएको थियो । चलचित्र प्रदर्शन हुनुभन्दा पहिले जसरी चलचित्रको चर्चा थियो , प्रदर्शन पश्चात भने त्यसले निरन्तरता पाउन सकेन । अन्तत उनको उक्त चलचित्रलाई पनि नेपाली दर्शकले सोचे जस्तो साथ दिन सकेनन् । जसरी पहिलो चलचित्रमा उनलाई नेपाली दर्शकले रुचाएका थिए त्यस पछी भने उनि दर्शकको नजरमा पर्न सकेकी छैनन् । तर पनि अभिनेत्री शर्मा चलचित्र नगरीमा सकृय भएर काम गरिरहेकी छन् ।

सम्राज्ञी राज्यलक्ष्मी शाह
स्टार गायक बन्ने सपना बोकेका अभिनेता अनमोल केसीले अभिनय गरेको तेश्रो चलचित्र हो ड्रिम्स । चलचित्र ड्रिम्स अनमोलको होम प्रोडक्शन हो । चलचित्रलाई अभिनेता भुबन केसीले निर्माण तथा निर्देशन गरेका थिए । चलचित्रमा अभिनेता अनमोल केसीले अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहसँग काम गरेका थिए । नायिका सम्राज्ञीले पनि अनमोलको चलचित्र ‘ड्रिम्स’बाट नै चलचित्र नगरीमा डेब्यू गरेकी हुन् । अनमोलको तेश्रो तथा सम्राज्ञीको पहिलो चलचित्र ड्रिम्सलाई पनि दर्शकले निकै मन पराएका थिए । चलचित्रले ब्लक बस्टर व्यापार गर्न सफल भएको थियो । एक पछी अर्को चलचित्रले ब्लक बस्टर व्यापार गरिरहदा अभिनेता अनमोल केसी नेपाली दर्शकको मन मनमा बस्न सफल भइरहेका थिए । आफु सफल त भएका थिए नै अनमोलसँग डेब्यु गरेका हेरक अभिनेत्रीहरुले बिभिन्न अवार्ड जित्न सफल भएका थिए । उनिहरुले पहिलो चलचित्रबाट नै सफलताको स्वाद लिन समेत सफल भएका थिए ।

अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहले पनि चलचित्र ड्रिम्सबाट विभिन्न अर्वाड हात पार्न सफल भएकी थिइन् । सम्राज्ञीलाई नेपाली चलचित्र नगरीकै महंगी नायिकाका रुपमा चित्रण गर्ने गरिएको छ । अनमोलसँग काम गरे पछीका बिभिन्न चलचित्रबाट पनि अभिनेत्री सम्राज्ञी सफल भएकी छन् । उनलाई नेपाली चलचित्र नगरीको हट केक अभिनेत्रीका रुपमा समेत व्याख्या गर्ने गरिएको छ । सम्राज्ञीलाई नेपाली चलचित्र नगरीकी सफल नायिकाहरु मध्यकी एक मानिन्छ । उनले अभिनय गरेका अधिकांश चलचित्रलाई दर्शकले मन पराएका छन् ।

अभिनेत्री सम्राज्ञीले ड्रिम्समा काम गरेपछि झरना थापको चलचित्र ‘ए मेरो हजुर २’ मा काम गरेकी थिइन् । उनले अभिनय गरेको दोश्रो चलचित्रलाई पनि दर्शले रुचाएका थिए । ‘ए मेरो हजुर २ ’ले पनि बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भयो । अनमोलसँगको डेब्यु पछी अर्को चलचित्र पनि सफल भए पछी अभिनेत्री सम्राज्ञीलाई एक पछि अर्को चलचित्रको ओइरो नै लाग्न थाल्यो । उनलाई नेपाली निर्देशक तथा निर्माताले नेपाली चलचित्रको भविष्यकारुपमा हेर्न थाले ।

दोस्रो चलचित्रबाट पनि राम्रो सफलता हात पारे पछी अभिनेत्री सम्राज्ञीले पनि आफ्नो पारिश्रमिक बढाएकी थिइन् । त्यसपछि उनले २०१८ मा मात्र नेपाली चलचित्र मंगलम, तिमी सँग, कायरा, इन्टुमिन्टु लण्डनमा लगायतका चलचित्रमा काम गरिन् । केही चलचित्रले राम्रो वयापार गरे भने केही चलचित्रहरुले लगानी सुरक्षित गर्न सफल भए ।

बेला बेलामा बिभिन्न कारणले बिवादमा आइरहने अभिनेत्री सम्राज्ञीले त्यसपछी पुनम पाण्डेको चलचित्र मारुनीमा काम गरेकी थिइन् । चलचित्र मारुनीमा पनि अभिनेत्री सम्राज्ञीको अभिनयलाई नेपाली दर्शकले रुचाएका थिए । उक्त चलचित्रमा अभिनेत्री सम्राज्ञीले अभिनेता पुष्प खड्कासँग रोमान्स गरेकी थिइन् ।

सृष्टि श्रेष्ठ
अभिनेत्री सृष्टि श्रेष्ठको पहिलो तथा अभिनेता अनमोल केसीको चौथो चलचित्र हो ‘गाजलु’ । नेपाली चलचित्र गाजलुलाई पनि निर्देशक हेमराज विसीले नै निर्देशन गरेका थिए । चलचित्र गाजलुमा अनमोलले अभिनेत्री सृष्टि श्रेष्ठलाई जोडी बनाएका थिए । अभिनेत्री सृष्टि श्रेष्ठ २०१२ कि मिस नेपाल हुन । उनी मिस वल्र्डको यात्रमा २० औ स्थान हासिल गर्न सफल भएकी थिइन् ।

अन्य अभिनेत्री जस्तै सृष्टि श्रेष्ठको पनि पहिलो चलचित्रले बक्सअफिसमा सफल व्यापार गरेको थियो । अभिनेत्री श्रेष्ठले चलचित्रमा डेव्यु गर्नु भन्दा अघि केही म्युजिक भिडियोहरुमा अभिनय गरेकी थिइन् । सृष्टि श्रेष्ठले गाजलु पश्चात चलचित्र रोमियो एण्ड मुनामा काम गरिन् ।डेव्यु चलचित्रले सफल व्यापार गरे पनि त्यसपछिका चलचित्रहरुमा भने उनी दर्शकको नजरमा पर्न सकेकी छैनन् ।

उक्त चलचित्रमा उनले नायक बिनय श्रेष्ठसँग स्किृन शेयर गरेकी थिइन् । त्यसपछि सृष्टिले सबिर श्रेष्ठ निर्देशित चलचित्र ‘बाँध मायाले’ मा पनि अभिनय गरेकी थिइन् । चलचित्र ‘बाँध मायाले’मा उनले नायक आर्यन अधिकारीसँग रोमान्स गरेकी थिइन् । उनको तेश्रो चलचित्र बाँध मायालेलाई पनि दर्शकले अपेक्षाकृत साथ दिन सकेनन् । त्यस पछी भने उनले चलचित्र नगरीका रियल जोडी सौगात मल्लसँग चलचित्र पोइ पर्यो कालेमा काग गरेकी थिइन् । चलचित्र पोइ पर्यो कालेले भने गाजलुपछीका अन्य चलचित्रले भन्दा राम्रो व्यापार गर्न सफल भएको थियो । तर लिड भुमिकामा अभिनेत्री पुजा शर्मा रहेका कारण उक्त चलचित्रमा उनको कामको खासै मुल्यांकन हुन सकेन । अभिनेत्री श्रेष्ठको बेला बेलामा बलिउड चलचित्रसँग समेत नाम जोडीने गरेको छ ।

अदिती बुढाथोकी
अनमोल केसीसँग अनस्कृन रोमान्स गरेकी अर्की अभिनेत्री हुन अदिती बुढाथोकी । उनले अनमोलको पाँचौ चलचित्र ‘कृ’बाट नेपाली चलचित्रमा डेब्यू गरेकी थिइन् । नेपाली चलचित्र ‘कृ’लाई पनि दर्शकले निकै रुचाएका थिए । चलचित्र नेपाली दर्शकको रोजाइमा पर्न सफल भए पनि अभिनेत्री बुढाथोकी उक्त चलचित्रबाट खासै सफल बन्न सकिनन् । अनमोलसँग डेव्यु गरेकी अभिनेत्री अदितीले त्यस पछी भने कुनै पनि नेपाली चलचित्रमा काम गरेकी छैनन् । सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने भनिएको चलचित्र बाबरीमा अभिनेत्री बुढाथोकीले इन्टु मिन्टु लन्डनमाबाट चलचित्र नगरीमा डेव्यु गरेका अभिनेता धिरज मगरसँग काम गर्ने चर्चा नभएको हैन तर उक्त चर्चा चर्चामा नै सिमित भएको छ ।

हाल अभिनेत्री बुढाथोकी भारतमा बस्तै आएकी छन् । उनी एक मोडलिङ एजेन्सीको कन्ट्र्याकमा रहेर काम गरिरहेकी छन् । उनी उक्त मोडलिङ एजेन्सीसँग ४ वर्षे कन्ट्«याकमा रहेर काम गरिरहेको बताइएको छ । उनले भारतमा रहेर बलिउडका केही स्टारहरुसँग काम गरेकी छन् । उनले अभिनय गरेका हिन्दी गीतका केही भिडियोहरुले पनि उनलाई चलचित्र नगरीबाट टाढा हुन दिएको छैन । मोडलिङ एजेन्सीसँगको ४ वर्षे कन्ट्«याक पुरा गरेर नेपाल फर्किए पछी भने उनि नेपाली चलचित्रमा नै सकृय हुने तयारीमा रहेको बताइन्छ ।

उपासना सिंह ठकुरी र प्रियंका एमभी

चलचित्र ‘कृ पछी अनमोल केसीको छैटौ चलचित्र हो ‘क्यापटेन’ । नेपाली फुटवलको कथा बोलेको चलचित्र ‘क्यापटेन’मा अभिनेता अनमोल केसीले २ अभिनेत्रीहरुसँग काम गरेका थिए । उनले स्किृन शेयर गरेका २ अभिनेत्रीहरु हुन्, अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेत्री प्रियंका एमभी । दुवै अभिनेत्रीहरुले यसै चलचित्रबाट चलचित्र नगरीमा डेब्यू गरेका हुन् ।

अनमोल केसी अभिनित चलचित्र ‘क्यापटेन’ले भने यस अघिका चलचित्रको जस्तो आक्रमक व्यापार गर्न सकेन । तर, यस चलचित्रमा अभिनय गरेकी अभिनेत्री उपासना सिंह ठकुरीलाई भने चलचित्र ‘क्यापटेन’ निकै फाप्यो । उनको अभिनयको चौतर्फी चर्चा भएको थियो । फलस्वरुप उनलाई बिभिन्न चलचित्रमा अफर आउन थाल्यो । अभिनेत्री उपासनाले चलचित्र ‘क्यापटेन’ पछि नेपाली चलचित्र नगरीमा सफल मानिएको कबड्डीको सिक्वेलका रुपमा निर्माण गरिएको चलचित्र कबड्डी कबड्डी कबड्डी मा काम गरिन । चलचित्र कबड्डी कबड्डी कबड्डीलाई पनि नेपाली दर्शकले निकै रुचाएका थिए ।

चलचित्र कबड्डी कबड्डी कबड्डीमा काम गरेपछी अभिनेत्री उपासना सिंह ठकुरीले अभिनेता आर्यन सिग्देल अभिनित चलचित्र डिसेम्वर फल्समा काम गरिरहेकी छन् । कोरोना भाइरसका कारण प्रभावित बनेको चलचित्र डिसेम्वर फल्सको प्रदर्शन मिति भने तय भएको छैन । अभिनेत्री उपासना सिंह ठकुरीका लागी चलचित्र ‘क्यापटेन’ कोसेढुंगा साबित भए पनि अर्की अभिनेत्री प्रियंका एमभीका लागी भने त्यति खास बन्न सकेन । अभिनेत्री प्रियंका एमभीले भने चलचित्र ‘क्यापटेन’ पछी कुनै पनि चलचित्रमा अवसर पाउन सकेकी छैनन् ।

सुहाना थापा
अभिनेता अनमोल केसी अभिनित चलचित्रबाट डेव्यु गरेकी अर्की अभिनेत्री हुन् सुहाना थापा । अभिनेता अनमोल र सुहाना अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ ले बक्स अफिसमा आक्रमक व्यापार गर्न सफल भएको थियो । अभिनेत्री झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ले अपेक्षाकृत व्यापार गरेसँगे अभिनेत्री सुहाना थापाको डेव्यु निकै भब्य बनेको थियो । धेरै नेपाली दर्शकले अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापालाई रियल जोडीका रुपमा हेर्न चाहेको प्रतिकृया समेत दिने गरेका थिए ।

अभिनेता अनमोल चलचित्र ‘ए मेरो हजुर ३’ मा एक सुपरस्टार गायकको भूमिकामा प्रस्तुत भएका छन् भने सुहाना उनको फ्यानका रुपमा देखिएकी थिइन् । चलचित्रकी निर्देशक झरना थापा अभिनेत्री सुहाना थापाकी आमा हुन भने निमार्ता सुनिल कुमार थापा अभिनेत्री सुहानाका पिता हुन् । आफ्नै माता पिताले निर्माण गरेको होम प्रोडक्शनबाट चलचित्र नगरीमा भित्रिएकी अभिनेत्री थापालाई चलचित्र नगरीकी भाग्यमानी तथा लक्की अभिनेत्रीका रुपमा समेत ब्याख्या गर्ने गरिएको छ ।

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा हाल सोही चलचित्रको सिक्वेलका रुपमा निर्माण हुदै गरेको चलचित्र ‘ए मेरो हजुर ४’ को छायंकनमा व्यस्त छन् । अभिनेता अनमोल केसीले पहिलो पटक एकै अभिनेत्रीसँग दोस्रो चलचित्रमा काम गरेका हुन् । अभिनेत्री सुहानाले पनि लगातार २ चलचित्रमा अभिनेता अनमोल केसीसँग नै अनस्कृन रोमान्स गरेकी हुन् । कोरोना भाइरसले छायांकनमा प्रभावित गरेको भए पनि चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको छ । चलचित्रलाई कहिलेबाट प्रदर्शन गर्ने भन्ने विषयमा भने यकिन भइसकेको छैन । अनमोल र सुहानाको यो जोडी दोस्रो पटक पुन दर्शकमाझ आउने तयारीमा छ । उनिहरुको यो जोडीले पुन एक पटक दर्शकलाई हलसम्म तान्ने धेरै चलचित्र पण्डितहरुको विश्वास रहेको छ ।

Tags: अनमोल केसीउपासना सिंह ठकुरीप्रियंका एमभीसुहाना थापा
Previous Post

निर्माता तथा कलाकार सेन्दाङको सहयोगमा बुद्धनगरका बिपन्नलाई राहत

Next Post

दीपकराज गिरीको समर्थन् अर्जेन्टिना र इटालीलाई

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

माघ २९, २०८२, १०:३० मध्यान्ह
बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

माघ २९, २०८२, १०:०९ मध्यान्ह
निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

माघ २८, २०८२, १०:०२ मध्यान्ह
‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

माघ २८, २०८२, ९:२४ मध्यान्ह
Next Post
deepak raj giri

दीपकराज गिरीको समर्थन् अर्जेन्टिना र इटालीलाई

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

by विशेष अनलाइन
फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
0

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

by विशेष अनलाइन
फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
0

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

by विशेष अनलाइन
माघ २९, २०८२, १०:३० मध्यान्ह
0

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

by विशेष अनलाइन
माघ २९, २०८२, १०:०९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।