इटहरी / कोरोना महामारीका कारण शुन्य अवस्थामा रहेको फिल्म क्षत्रेलाई सरकारले विध्युतिय खपतमा छुट दिने भएको छ । आगामी आर्थिक वर्ष २०७८–७९ मा चलचित्र दर्ताका लागि लाग्ने शूल्क तिर्नु नपर्ने अर्थ मन्त्री विष्णु पौडेलले बताएका छन् । त्यस्तै काभ्रे जिल्लाको बनेपामा आधुनिक चलचित्र स्टुडियो निर्माण गरिने तथा हरेक प्रदेशमा चलचित्र छायांकन स्थल निर्माण गरिने बताइएको छ ।
उत्कृष्ट चलचित्र निर्माणको लागि ‘स्टडी बैंक’ अबधारणा कार्यन्वयनमा ल्याईने भएको छ भने गणेश हिमाल क्षेत्रमा चलचित्र छायांकन स्थल बनाउन सम्भ्यबता अध्ययन गरि कार्य प्रारम्भ गरिने अर्थ मन्त्री पौडेलले बताएका छन् । । फिल्म उद्योगहरुले डिमान्ड शुल्क बापत दिनुपर्ने शुल्कलाई छुट गरिएको छ भने यस क्षेत्रलाई व्यवसायिक नियन्त्रण कोषद्धारा सहयोग गरिने उल्लेख गरिएको छ । फिल्म क्षेत्रमा कोरोना महामारीका कारण देखिएको समस्याहरुलाई सम्बोधन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
फिल्म सहित सबै किसिमको उद्योगहरुलाई ५० प्रतिशत घर भाडा छुटको गरिनुको साथै फिल्म उद्योगको लागि अवस्था अध्ययन गरि आवश्यक बजेटको व्यवस्था गरिने भनिएको छ । फिल्म उद्योगमा प्रयोग हुने सबै खालको सामाग्री वा यन्त्रमा भन्सार छुट गरिएको छ ।
Discussion about this post