विशेष अनलाइन । नेपाली रंगमञ्च र सिने क्षेत्रका चर्चित हास्यकलाकार सुलेमान शंकर ‘इकु’ आज शोकमा छन्। मिर्गौला रोगसँग लामो समयदेखि लडिरहेकी उनकी जीवनसाथी सम्झना घिमिरेको ४२ वर्षको उमेरमा निधन भएको छ।
सम्झनाको निधन साउन १० गते भएको भए पनि अन्त्येष्टि भने शुक्रबार पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा पारिवारिक वातावरणमा सम्पन्न गरियो।
उनी झण्डै ४ वर्षदेखि मिर्गौलासम्बन्धी समस्या भोगिरहेकी थिइन्। स्वास्थ्य बिग्रिएपछि नजिकको ह्याम्स अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।
सम्झनाको अन्तिम विदाइ केही दिन पर सरेको कारण छोरा अमेरिकाबाट फर्किन ढिलाइ हुनु हो। छोरा र छोरी रहेका इकु र सम्झनाको परिवारले गहिरो दुःखका साथ अन्तिम संस्कार सम्पन्न गरेको हो।
शान्त, संयमी र पारिवारिक जीवनमा रमाएकी सम्झनाको निधनले कलाकार शंकरको व्यक्तिगत जीवनमा अपूरणीय क्षति पुगेको छ।











Discussion about this post