BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

स्कटल्याण्डमा आदिवासी जनजाति चलचित्र महोत्सव, ४१ चलचित्र छनोट

वृत्तचित्र र आदिवासी जनजातिको कथा समेटिएका फिल्म प्रदर्शन हुने

विशेष अनलाइन by विशेष अनलाइन
असार ३, २०८२, ९:०१ मध्यान्ह
in FEATURE, चलचित्र
स्कटल्याण्डमा आदिवासी जनजाति चलचित्र महोत्सव, ४१ चलचित्र छनोट
59
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन। एडिनबरा, स्कटल्याण्ड – आउँदो जुलाई १९ तारिखका दिन स्कटल्याण्डको राजधानी एडिनबरामा आयोजना हुने ‘आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ मा प्रदर्शनका लागि ४१ नेपाली चलचित्र छनोट भएका छन्।

नेपाल स्कटल्यान्ड एसोसिएसनको आयोजनामा हुने महोत्सवका लागि प्राप्त ६० मध्येबाट १५ छोटा चलचित्र, ५ वृत्तचित्र, १३ आदिवासी जनजाति चलचित्र र ८ वटा जनजातिय कथामा आधारित मूलधारका चलचित्र छनोट गरिएको हो।

छोटो चलचित्रतर्फ ‘बेङठा’, ‘डेभिनेसन’, ‘अदेख’, ‘जंगलमा’, ‘खिल’, ‘कलर अफ टी’, ‘द ब्लाक पिग’, ‘लौलसा परहेके’, ‘द ब्लु स्काई’, ‘फेके’, ‘रिभा’, ‘सन्ते’, ‘माता’, ‘टरक्युसी’ र ‘एप्रोन’ रहेका छन्।

वृत्तचित्रतर्फ ‘गा घर’, ‘वडहाङने/पापनी’, ‘गल्र्स रीराइटिङ डेस्टिनी’, ‘द एभरेस्ट मम’ र ‘डिभाइन डाइलीमा’ रहेका छन्।

त्यसैगरी आदिवासी जनजातिको कथामा आधारित चलचित्रहरूमा ‘कर्तव्य आर संघर्ष’, ‘गले वाना’, ‘अस्तु’, ‘लोजिमा’, ‘हाङनन्द’, ‘मुखिया’, ‘नाम्लो’, ‘सेमिफुङ’, ‘सुगुप’, ‘चे’, ‘युप्पारुङ’, ‘जितिया’, ‘लाखे आजु’ र ‘नाक्छोङ’ छन्।

मूलधारको नेपाली चलचित्र क्षेत्रबाट आदिवासी जनजातिका कथाहरू समेटेर निर्माण गरिएका ‘गाउ आएको बाटो’, ‘अन्जिला’, ‘कर्साङ’, ‘घरज्वाइँ’, ‘खुश्मा’, ‘गोर्खा वारियर’ र ‘टुल्की’ चलचित्र पनि महोत्सवमा समावेश हुने भएका छन्। यिनलाई विशेष चलचित्र सम्मान अवार्ड प्रदान गरिनेछ।

फेस्टिभल निर्देशक अरुण कुमार प्रधानका अनुसार, जुलाई १९ मा ‘अन्जिला’, ‘लाखे आजु’, ‘कर्साङ’, ‘मुखिया’ लगायत केही छोटा चलचित्रहरू प्रदर्शन गरिनेछन्। त्यस दिन आदिवासी परिकार, पहिरन प्रदर्शनी, अन्तर्क्रिया, सांस्कृतिक कार्यक्रम, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम पनि हुनेछ।

चलचित्रहरूलाई बेस्ट एक्टर, एक्ट्रेस, निर्देशक, स्क्रिप्ट, सिनेमाटोग्राफर, एडिटर, डेब्यु निर्देशक तथा डेब्यु कलाकार विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

नेपाल स्कटल्यान्ड एसोसिएसनका अध्यक्ष विजय डंगोलले स्कटल्यान्डतर्फको सबै तयारी पूरा भएको जानकारी दिए। कार्यक्रमको प्रमुख अतिथिका रूपमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे सहभागी हुनेछन्।

नेपालतर्फबाट संयोजकको भूमिका नेपाल चलचित्र निर्देशक समाज र नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशले निर्वाह गरिरहेको समाजका अध्यक्ष जनकदीप पराजुलीले जानकारी दिए।

Previous Post

“अजम्बरी माया” सार्वजनिक : माधव र मेनुकाको जीवन्त अभिनयमा प्रेमको अजर कथा

Next Post

‘गोबर गणेश’ नामक फिल्म बनाउँदै बल्छी धुर्बे

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

फाल्गुन २६, २०८२, ९:५४ मध्यान्ह
चलचित्र ‘टिका’को घोषणा

चलचित्र ‘टिका’को घोषणा

फाल्गुन २५, २०८२, १०:२२ मध्यान्ह
‘एक मुठी बादल’ जेठ १ देखि प्रदर्शनमा: महिला सशक्तिकरणको नयाँ बिम्ब

‘एक मुठी बादल’ जेठ १ देखि प्रदर्शनमा: महिला सशक्तिकरणको नयाँ बिम्ब

फाल्गुन २५, २०८२, ९:५८ मध्यान्ह
चलचित्र ‘हामी तीन भाइ’को टिजर सार्वजनिक: चैत १३ मा प्रदर्शन हुने

चलचित्र ‘हामी तीन भाइ’को टिजर सार्वजनिक: चैत १३ मा प्रदर्शन हुने

फाल्गुन २०, २०८२, १०:१८ मध्यान्ह
Next Post
‘गोबर गणेश’ नामक फिल्म बनाउँदै बल्छी धुर्बे

‘गोबर गणेश’ नामक फिल्म बनाउँदै बल्छी धुर्बे

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
0

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
0

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, ९:५४ मध्यान्ह
0

चलचित्र ‘टिका’को घोषणा

चलचित्र ‘टिका’को घोषणा

by विशेष अनलाइन
फाल्गुन २५, २०८२, १०:२२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।