विशेष अनलाइन । नेपालमा सफलतापुर्वक प्रदर्शन भएको फिल्म ‘गाउँ आएको बाटो’को हङकङमा विषेश प्रदर्शन सम्पन्न भएको छ । स्थानीय गोल्डेन सिन सिनेमाको हलमा आइतबार १२ शोमा बाँडेर फिल्म देखाइएको हो ।
प्रदर्शनमा निर्देशक नवीन सुब्बा, कलाकार पशुपति राई, प्रसन राई लगायत सहभागि रहेका थिए । स्क्रिनिङमा हङकङस्थित नेपाली महावाणिज्यदूत उदयबहादुर राना, हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, हङकङ किरात राई यायोक्खाका प्रतिनिधि, कलाकार, साहित्यकार तथा नेपाली संघसंस्थाका प्रतिनिधि सहभागि थिए । फिल्म हेर्न झ०डै ८ सय दर्शक उपस्थित थिए ।
फिल्मलाई अक्टोबर २८ मा चिनियाँ दर्शकमाझ सार्वजनिक प्रदर्शनको तयारी छ । चिनियाँ दर्शकलाई लक्षित गरी पहिलोपटक नेपाली फिल्मलाई प्रदर्शन गर्न लागिएको जनाइएको छ ।
फिल्मलाई थाइल्यान्ड, इन्डोनेसिया, इटाली र बेलायतमा समेत प्रदर्शनको तयारी छ । यसअघि क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, ब्राजिलको साओ पाउलो, भारतको मुम्बई, स्विडेनको गोटेबर्ग, चीनको बेइजिङलगायत महोत्सवमा प्रदर्शन गरिएको थियो ।
Discussion about this post