इटहरी / आज फागू पूर्णिमा अर्थात होली पर्वको दोस्रो दिन । हिजो पहाडी भूभाग तथा काठमाण्डौ उपत्यकामा होली मनाइयो भने आज तराइ क्षेत्रमा मनाइदै छ । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि कोरोना जोखिम बढेका कारण बिभिन्न स्थानमा हुने कार्यक्रहरु भने आयोजना गरिएको छैन । नेपाल सरकारले पनि आफ्नै परिवारसँग मात्र होली मनाउन आग्रह गरेको छ । सरकारको आग्रहलाई आत्मसाथ गरेर नै कलाकारहरुले पनि होली मनाएका छन् । कुन कलाकारले कसरी मनाए होली ? आउनुहोस चर्चा गरौँ
अभिनेत्री सुहाना थापालेृ आफ्नै परिवारसँग होली मनाइकी छन् । उनले, आफ्नै निवासमा आमा झरना थापा, पिता सुनिलकुमार थापा लगायतसँग होली मनाइन् । उनले आफ्ना परिवारका सदस्यहरुसँग होली मनाएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् ।
यसै बिच अभिनेत्री निता ढुंगानाले युवा ज्योतिष तथा कलाकार हरिहर अधिकारीसँग होली मनाएकी छन् । उनिहरु एक अर्काको प्रेममा रहेको चर्चा चल्दै आइरहेको छ । तर, उनिहरुले भनो यो हल्लाका विषयमा कुनै प्रतिकृया दिएका छैन् । उनिहरुको आउदो बैशाखमा बिवाह गर्ने तयारी रहेको समेत चर्चा रहेको छ ।
यता नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले पनि एकसाथ होली मनाएका छन् । यो जोडीलाई नेपाली दर्शकले निकै रुचाएको छ । दर्शकले यो जाडीलाई रियल जोडीकै रुपमा हेर्न चाहेको चर्चा हुने गरेको छ । ‘सम्हालिन्छ कहिले मन’को छायांकन सकेर केही दिन अगाडि मात्र दुबइबाट फर्किएको यो जोडी पनि एक अन्य केही सिमित साथीहरुको साथमा होली मनाएको हो।
यस्तै नायिका वर्षा सिवाकोटी र कलाकार तथा चलचित्र विकास बोर्डका सदस्य राज कटुवालले पनि एकसाथ होली मनाएका छन् । उनीहरुले, नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको साथमा होली मनाएका थिए । राज र वर्षा होली मनाउनकै लागि काठमाडौंको विभिन्न स्थानमा पुगेका थिए ।
अभिनेत्री वर्षाको केही समय अघिमात्र अमेरिका निवासी जबिन जंग थापासँग सम्बन्ध टुटेको थियो । सबिनसँगमो प्रम सम्बन्धबाट टाढा भए पछि वर्षा राजसँग नजिकिएको चर्च हुने गरेको छ । तर, वर्षाले भने उक्त कुरा अस्विकार गरेकी छन् । सबिनसँगको सम्बन्ध टुटेको सत्य भए पनि राज आफ्नो मिल्ने साथी भएको र यसलाई प्रेम सम्बन्धका रुपमा हेर्न नहुने वर्षाले बताएकी छन् ।
Discussion about this post