BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

जारी २: सङ अफ च्याब्रुङ’ को भावनात्मक ट्रेलर सार्वजनिक, कात्तिक २१ गते प्रदर्शनमा आउँदै

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक १०, २०८२, १२:३८ मध्यान्ह
in FEATURE, गसिप
जारी २: सङ अफ च्याब्रुङ’ को भावनात्मक ट्रेलर सार्वजनिक, कात्तिक २१ गते प्रदर्शनमा आउँदै
74
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । लामो समयदेखि प्रतीक्षित नेपाली चलचित्र ‘जारी २: सङ अफ च्याब्रुङ’ को ट्रेलर ‘बासुरी फिल्म्स’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्र सुपरहिट ‘जारी’ को दोस्रो श्रृंखला हो। सार्वजनिक भएको ३ मिनेट ५२ सेकेन्ड लामो ट्रेलरले दर्शकमा चलचित्रप्रतिको उत्साहलाई अझै चुल्याएको छ।

ट्रेलरमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर बीचको जटिल प्रेम सम्बन्धलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। उनीहरूको प्रेममा आउने उतारचढाव र ‘जारी’ प्रथाका कारण सिर्जित तिक्तताले भरिएको सम्बन्धलाई ट्रेलरमा भावनात्मक ढङ्गले देखाइएको छ। ट्रेलरले अघिल्लो भागको कथावस्तुलाई निरन्तरता दिँदै यस भागमा थप सङ्घर्ष, नाटक र द्वन्द्व रहेको सङ्केत दिएको छ।

चलचित्रले विशेष गरी लिम्बू समुदायमा रहेको ‘जारी’ प्रथा र नेपालको ग्रामीण भेगको सामाजिक परिवेश, साथै लिम्बू समुदायको सांस्कृतिक पहिचान बोकेको ‘च्याब्रुङ’ बाजालाई केन्द्रमा राखेको देखिन्छ ।

दयाहाङ र मिरुनाका साथै ट्रेलरमा विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, उपेन्द्र सुब्बा लगायत अन्य कलाकारहरूको सशक्त अभिनय र भावनात्मक दृश्यहरूले दर्शकलाई बाँधेको छ।

रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङको निर्माण तथा बाँसुरी फिल्म्सको ब्यानरमा बनेको यो चलचित्रलाई रमेश ढकाल र प्याट्रिक सुवेदीको सेभेन सिज इन्टरनेसनलले नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्दैछ।

ट्रेलर सार्वजनिक भएसँगै ‘जारी २: सङ अफ च्याब्रुङ’ प्रदर्शनको तयारीमा रहेको छ। यो चलचित्र आगामी २१ कात्तिक (नोभेम्बर ६) गते देशभर प्रदर्शनमा आउने तयारीमा रहेको बताइएको छ।

Previous Post

देउसी–भैलोसँगै ‘सोल्टिनी’को देशव्यापी यात्रा, इटहरीमा कलाकारहरूको भेटघाट

Next Post

एक्शन-ड्रामा ‘परिवर्तन’को टिजरमा सुशील श्रेष्ठको एक्सन अवतार, माघ ९ गते प्रदर्शन हुने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
एक्शन-ड्रामा ‘परिवर्तन’को टिजरमा सुशील श्रेष्ठको एक्सन अवतार, माघ ९ गते प्रदर्शन हुने

एक्शन-ड्रामा 'परिवर्तन'को टिजरमा सुशील श्रेष्ठको एक्सन अवतार, माघ ९ गते प्रदर्शन हुने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।