बिशेष अनलाइन । ताप्लेजुङको सिरिजङ्घा गाउँ पालिकाले हास्य कलाकार मनोज गजुरेललाई पर्यटन सद्भावना दूत ‘सिरिजङगाको छोरो’ घोषणा गरेको छ । गजुरेललाई ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धनका लागि ‘सिरिजङगाको छोरो’ घोषित गरिएको पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले जानकारी दिएका छन् ।
हास्य कलाकार गजुरेल ताप्लेजुङ जिल्लाको मामाङखेमा जन्मिएका हुन् । ताप्लेजुङबाट बसाई सरेर उनी झापा आएका थिए ।
पालिकाको नवौं सभाले गजुरेललाई सिरिजङगाको छोरो उपमाले परिभाषित गरेको हो । सो अवसरमा पूर्व मन्त्री भट्टराईले कलाकार गजुरेललाई बधाई ज्ञापन तथा शुभकामना व्यक्त गरेका छन् ।
गजुरेल नेपालकै पहिलो कमेडि रियालिटी शो कमेडी च्याम्पियन को निर्णायकमा रहदै आएका छन् । कोरोना भाइरसका कारण हाल शो स्थगित रहेको छ । मध्यम वर्गीय परिवारमा जन्मिएका हास्यकलाकार गजुरेलले आफुलाई कलाकारिता क्षेत्रमामा स्थापित गर्न धेरै संघर्ष गरेका छन् । मनोज गजुरेलको जन्म वि ।स २०३१ साल बैशाख २९ गते पिता स्व। भवानीप्रसाद गजुरेल र माता इन्द्रमाया गजुरेलको कोखबाट भएको थियो ।
गजुरेल सातजना सन्तान मध्ये कान्छा हुन्। उनका ४ जना दिदीहरू र २ जना दाइहरू छन्। ६ महिनाको हुँदा आफ्नो बाबुलाई गुमाउन पुगेका उनले पारिवारिक कारणले कहिले आमासँग, कहिले काकासँग त कहिले आफन्तसँग थुप्रै ठाउँमा बसाइँसराइ गर्नु पर्यो। यसरी गजुरेल ताप्लेजुङ, पाँचथर, झापा हुँदै अन्तत काठमाडौँमा गएका थिए ।
Discussion about this post