BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

बजेट वक्तव्य प्रति कलाकारको मिश्रित प्रतिकृया, कसले के भने ?

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ १६, २०७८, ७:४४ मध्यान्ह
in FEATURE, चलचित्र
bajet
197
SHARES
Share on FacebookShare on Twitter

इटहरी / सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गरिसकेको छ । बिगत जस्तै यस आर्थिक वर्षको बजेटलाई पनि मिश्रित प्रतिकृयाहरु आइरहेका छन् । कतियले अहिलेको बजेट सकारात्मक रहेको बताइरहेका छन् भने कतिपयले चुनाबका निम्ति प्रचारमुखी भएको प्रतिकृया दिइरहेका छन् ।

एक थिरीले भने बजेट सकारात्मक भएको भए ता पनि कार्यान्वयनमा चुनौति रहेको बताइरहेका छन् । यस आर्थिक वर्षको बजेटका विषयमा कलाकर्मीहरुले पनि मिश्रित प्रतिकृया दिइरहेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्म क्षेत्रका लागि बजेट सुखद रहेको प्रतिकृया दिएका छन् । उनले उपकरणको भन्सारमा छुट, सिनेमा हलको विद्युत डिमान्ड शुल्क मिनाह भएकोमा खुसी व्यक्त गरेका छन् ।

उनले बजेटमा केही कुरा छुटेको बताउदै फिल्म निर्माणमा प्रोजेक्ट लोनको व्यवस्था राष्ट्र बैंकले मौद्रिक नीतिमा समावेश गर्नेमा आफु विश्वस्त रहेको पनि बताएका छन् । सरकारले उपकरणको भन्सार छुट गर्दा अब आफूहरुलाई स्तरीय उपकरणहरु नेपाल भित्राउन सहज हुने उनले प्रतिकृया दिएका छन् ।

dayaram dahal

कलाकार तथा निर्देशक दिपकराज गिरीले बजेटका विषयमा टिप्पर्णी गर्दै युवाहरुका लागी यस पटकको बजेट उपयुक्त हुन नसकेको प्रतिृकृया दिएका छन् । उनले व्यांग्यात्मक शैलीमा बिध्यार्थी र वृद्धवृद्धाका लागी बजेट उपयुक्त भए पनि आफ्नो लागी खासनभएको बताएका छन् । उनले भनेका छन् ‘बजेट राम्रो कि नराम्रो ? के लेखौ ?
बिरोधमा लेखौ घरका बूढा बा ले स्ट्याटस हेरेर लठ्ठिले बजाउलान् भन्ने पीर ।। छोरो पनि अघि कोठामा यता र उता मार्कसिट खोजिराथ्यो । चूप लागे है म त ।’

deepak raj giri

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले यो विषम परिस्थितिमा आएको बजेटमा फिल्म क्षेत्र पनि प्राथमिकतामा पर्नु राम्रो कुरा रहेको बताएका छन् । ‘कोरोना भाइरसले नेपाललाई जुन प्रकारले असर गरेको छ, त्यसकारण राज्यले यो पटकको बजेटमा स्वास्थ्यलाई ध्यान दिएको देखिन्छ । त्यतातिर बढी बजेट विनियोजन गरिएको छ । त्यो स्वभाविक पनि हो । यस्तो परिस्थितिमा सार्वजनिक भएको बजेटमा फिल्म क्षेत्रलाई पनि समेट्नु राम्रो कुरा हो । यसपटकको बजेटमा फिल्म क्षेत्रले जति पायो, त्यो स्वागतयोग्य छ,’उनले भनेका छन् ।

यस्तै अभिनेता तथा निर्माता नवल खड्काले बजेटले चलचित्र क्षेत्रमा उत्साह सञ्चार गराएको बताएका छन् । उनले फेसबुकमा एक स्ट्याटस लेख्दै बजेट नीतिले चलचित्र क्षेत्रलाई सबल तुल्याउने विश्वास व्यक्त गरेका छन् । ‘०७८–७९ को बजेटमा गरिएको चलचित्र सम्बन्धी व्यवस्थाले चलचित्र क्षेत्रका लागि उत्साह संचार गरेको छ । यसलाई सकारात्मकता साथ सरकारको प्रशंसा गर्दछु । तर, कोरोना कहरमा यी व्यवस्थाहरु कसरी कार्यान्वयन गर्न सकिएला वा यसमा सरकारका विद्यमान नीति नियमले के कस्ता बाधा अड्चन गर्लान् त्यसबारे म निश्चिन्त छैन ।’ खड्काले बजेटमा चलचित्र क्षेत्र समेट्न पहल गर्ने चलचित्र विकास बोर्ड पनि धन्यवादको पात्र भएको प्रतिकृया दिएका छन् ।

अभिनेत्री वर्षा सिवाकोटीले पनि बजेट माथि आफ्नो धारणा व्यक्त गरेकी छिन् । उनले नेतालाई पढाउने तालिम केन्द्रका लागि पनि बजेट विनियोजन हुनुपर्ने बताएकी छिन् । ‘बजेट त सधैं राम्रो र आनन्द लाग्ने आउने हो, यो पटक झन् राम्रो र कर्णप्रिय लाग्दैछ तर बजेट भाषण सकिने बित्तिकै एक अर्कालाई सत्तोसराप सुरु हुने निश्चित छ । नेताको दिनहुँको किचलोले जनता दिक्क भएका छन् । यो कुरा बुझाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रका लागि पनि बजेट विनियोजन गर्दा हुने ’उनले भनेकी छिन् ।

निर्देशक तथा हास्य कलाकार दिपक आचार्य काकु ले पनि बजेटका विषयमा व्यांग्यात्मक टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेृका छन् ‘साँचि प्रत्यक नेपाली को टाउको मा खै कति ऋण छ रे, तिर्ने चैँ काहाँ र कहिले होरु लौन बताइदिन पर्यो, सर्टिपिकेट राखेर २५ लाख निकालेर पहिला त्यो ऋण तिर्न पर्यो ।’

कोरोना महामारीका कारण शुन्य अवस्थामा रहेको फिल्म क्षत्रेलाई सरकारले विध्युतिय खपतमा छुट दिने भएको छ । आगामी आर्थिक वर्ष २०७८–७९ मा चलचित्र दर्ताका लागि लाग्ने शूल्क तिर्नु नपर्ने अर्थ मन्त्री विष्णु पौडेलले बताएका छन् । त्यस्तै काभ्रे जिल्लाको बनेपामा आधुनिक चलचित्र स्टुडियो निर्माण गरिने तथा हरेक प्रदेशमा चलचित्र छायांकन स्थल निर्माण गरिने बताइएको छ ।

उत्कृष्ट चलचित्र निर्माणको लागि ‘स्टडी बैंक’ अबधारणा कार्यन्वयनमा ल्याईने भएको छ भने गणेश हिमाल क्षेत्रमा चलचित्र छायांकन स्थल बनाउन सम्भ्यबता अध्ययन गरि कार्य प्रारम्भ गरिने अर्थ मन्त्री पौडेलले बताएका छन् । । फिल्म उद्योगहरुले डिमान्ड शुल्क बापत दिनुपर्ने शुल्कलाई छुट गरिएको छ भने यस क्षेत्रलाई व्यवसायिक नियन्त्रण कोषद्धारा सहयोग गरिने उल्लेख गरिएको छ । फिल्म क्षेत्रमा कोरोना महामारीका कारण देखिएको समस्याहरुलाई सम्बोधन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

फिल्म सहित सबै किसिमको उद्योगहरुलाई ५० प्रतिशत घर भाडा छुटको गरिनुको साथै फिल्म उद्योगको लागि अवस्था अध्ययन गरि आवश्यक बजेटको व्यवस्था गरिने भनिएको छ । फिल्म उद्योगमा प्रयोग हुने सबै खालको सामाग्री वा यन्त्रमा भन्सार छुट गरिएको छ ।

Tags: Newsआकाश अधिकारीदयाराम दाहालदिपक आचार्यदिपकराज गिरीनवल खड्काबजेट
Previous Post

सामाजिक कार्यमा निरन्तर सकृय अभिनेत पल

Next Post

मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
कोरोना मुक्त भए मदनकृष्ण श्रेष्ठ, सबैलाई सतर्क रहन आग्रह

मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।