विशेष अनलाइन । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको चलचित्र ‘वरिष्ठ बलराम’ को ट्रेलर सार्वजनिक गरिएको छ । दयाहाङ राई र विजय बरालको शीर्ष भूमिकामा बनेको चलचित्रले नदी–खोलाको ढुंगा, बालुवा उत्खनन र त्यसकै विवादलाई मुख्य कथावस्तु बनाएको देखिन्छ ।
ट्रेलरमा दयाहाङलाई ‘वरिष्ठ’ र विजयलाई ‘बलराम’को भूमिकामा प्रस्तुत गरिएको छ । दयाहाङको ग्याङ र विजयबीचको नोकझोंकसँगै विजय र समृद्धि अर्याल बिचको प्रेमकथा चलचित्रको केन्द्रमा देखाइएको छ ।
चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रितेश जंग खत्री, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘वरिष्ठ बलराम’ आउँदो कात्तिक ६ गते (तिहार भाइटीकाको दिन) देखि प्रदर्शनमा आउने तयारीमा छ ।
आशिष तामाङ र श्रीराज कार्की निर्माता रहेको यस चलचित्रलाई वृषभ सिद्धि इन्टरटेनमेन्टले प्रस्तुत गरेको हो भने आन्भी फिल्म्स सहनिर्माता छ । कार्यकारी निर्माता प्रदीप धामी र पुस्कर घिमिरे हुन् ।









Discussion about this post