BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

असोज १३ बाट ‘माइतीघर’ प्रदर्शनमा, उत्कृष्ट नृत्यकारलाई ५ लाख पुरस्कार

विशेष अनलाइन by विशेष अनलाइन
साउन २८, २०८२, २:३९ मध्यान्ह
in FEATURE, चलचित्र
असोज १३ बाट ‘माइतीघर’ प्रदर्शनमा, उत्कृष्ट नृत्यकारलाई ५ लाख पुरस्कार
85
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन। दसैंको फूलपातीलाई विशेष अवसरका रूपमा लिँदै असोज १३ गतेबाट ‘माइतीघर’ नामक बहुप्रतिक्षित नेपाली चलचित्र प्रदर्शनमा आउँदैछ। देशभर प्रचार अभियानलाई भव्य बनाउन निर्माण पक्षले हल–हलमा आकर्षक पोस्टर र विभिन्न स्थानमा ठूला होर्डिङ बोर्डहरू टाँसेका छन्। प्रस्तुतकर्ता रोहित अधिकारीले प्रचार–प्रसारमा कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरेका छन्।

यसै क्रममा, चलचित्रको शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ मा आधारित राष्ट्रिय स्तरको नृत्य प्रतियोगिता सुरु गरिएको छ। सहभागिताका लागि ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो तयार गरी ओएसआर डिजिटलको इमेलमा पठाउनु पर्नेछ। पठाइएका भिडियोहरू ओएसआरको युट्युब, फेसबुक र टिकटकमा सार्वजनिक गरिने छन्। त्यसमध्ये सर्वाधिक भ्यूज पाउने र उत्कृष्ट कोरियोग्राफी प्रस्तुत गर्ने व्यक्ती वा समूहलाई ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। विजेताको घोषणा असोज १२ गते गरिने र सोही दिन पुरस्कार हस्तान्तरण हुने बताइएको छ।

गीतलाई भारतीय गायिका सञ्जीवनीले स्वर दिएकी छन्। मिलन तामाङको निर्देशनमा बनेको चलचित्रमा धिरज मगर, केदार घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

May be an image of dancing, musical instrument and text that says '"वसन्त नै बस्न खोज्छ यहा लोलाएर" TITLE SONG DANCE CHALLENGE र लाख नगद पुरस्कार रोहित अधिकारी फिल्मस प्रा.लि. को सबिनय चौथो ਮेट माझतीघर निर्माता निर्देशक कार्यकारी निर्माता रविन शेरचन, धिरज तामाइ मिलन तामाऊ ईश्वर श्रेष्ठ, निरज कदुवाल दरे प्रदर्शन मिति असोज १३ શશ SEPT 29 फूलपाती PARTICIPATION DEADLINE: NE:BHADRA 20,2082 WINNER ANNOUNCEMENT:ASHOJ 12,2082'

कथावस्तु चन्द्रकुमार दोङको हो भने पटकथा र संवाद रामशरण पाठकले तयार पारेका हुन्। चलचित्रमा सुशन प्रजापतिको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलका गीत ,चन्द्रकुमार दोङ, एलिस कार्की, एसडी योगी र स्व। जयदेवको संगीत, र अष्ट महर्जनको एक्शन यसमा समावेश छन्। चलचित्रमा रविन शेरचन र धिरज तामाङको लगानी रहेको छ भने कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुन्।

Previous Post

चलचित्र ‘पार्वती’ मा दीपाश्री निरौला अनुबन्धित

Next Post

जयपुरमा चम्किँदै अनमोल र आँचलको रोमान्टिक केमिस्ट्री

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
जयपुरमा चम्किँदै अनमोल र आँचलको रोमान्टिक केमिस्ट्री

जयपुरमा चम्किँदै अनमोल र आँचलको रोमान्टिक केमिस्ट्री

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।