विशेष अनलाइन । चलचित्र ‘जेरी अन टप’ को एक रोमान्टिक गीतको छायांकन यतिबेला भारतको ऐतिहासिक शहर जयपुरमा भैरहेको छ। यस गीतमा कलाकार अनमोल केसी र आँचल शर्माले अभिनय गरिरहेका छन् भने नृत्य निर्देशन किरण थापाले सम्हालेका छन्। निर्माता सरोज न्यौपानेले जयपुरबाट जानकारी दिँदै छायांकन उत्कृष्ट तरिकाले भइरहेको बताएका छन्।
यसअघि चलचित्रको अर्को गीत काठमाडौंमै खिचिएको थियो। केही दिनअघि मात्र सम्पूर्ण युनिट नयाँ गीतको छायांकनका लागि भारत पुगेको हो। निर्माता न्यौपाने र निर्देशक सुयोग गुरुङ पनि हाल जयपुरमै छन् र छायांकन कार्यमा संलग्न छन्।
अनन्या फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘जेरी अन टप’ असोज ३१ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रको युनिट शनिबार स्वदेश फर्कने योजना बनाएको छ।।









Discussion about this post