विशेष अनलाइन । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। शनिबार आयोजित एक कार्यक्रममा चलचित्रको साढे तीन मिनेटभन्दा लामो ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले चलचित्रको कथावस्तु, केन्द्रीय द्वन्द्व र चरित्र चित्रणलाइ प्रस्तुत गरेको छ ।
मनिष राउत एसोसिएट निर्देशक रहेको चलचित्रको ट्रेलरमा कोरिया जाने सपना बोकेर गाउँबाट सहर आएको एक पात्रले भोग्नुपर्ने कठिनाइ र संघर्षको कथालाइ देखाइएको छ। सार्वजनिक ट्रेलरमा बुबा-छोरा र दिदी-भाईबीचको सम्बन्ध र भावनात्मक उतारचढावलाइ प्रस्तुत गरीएको छ ।
हिमाल न्यौपाने निर्देशित चलचित्रमा विजय बरालकेकी अधिकारी, मिरुना मगर, गौरव पहारी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतको अभिनय रहेको छ । भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो चलचित्रलाई पेपरक्लिपका कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् ।
चलचित्रको कार्यकारी निर्माता नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन हुन् । चलचित्रमा नवीन गुरुङ र कृष्ण परियारको छायांकन, भरत रेग्मीको सम्पादन तथा चुल्ठे काजीको द्वन्द्व निर्देशन रहेको छ । चलचित्र तीजको अवसर पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ ।









Discussion about this post