BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

सकियो भ्वाईस अफ नेपालको ब्याटल राउन्ड, कस्तो होला नकआउट ?

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ २, २०७८, ९:१६ बिहान
in FEATURE, गीत संगीत
सकियो भ्वाईस अफ नेपालको ब्याटल राउन्ड, कस्तो होला नकआउट ?
121
SHARES
Share on FacebookShare on Twitter

इटहरी / नेपालमा पछिल्लो समय कोरोनाका कारण महामारी चलचिरहेको छ । यस अवस्थामा पनि दर्शकलाई मनोरञ्जन दिन सफल भइरहेको छ चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल । पहिले जस्तै दि भ्वइसको तेस्रो सिजनलाई नेपाली दर्शकले निकै रुचाएका छन् । हिमालय टेलिभिजन र भ्वइस अफ नेपालकै अफिसियल यूट्यूव च्यानलबाट प्रशारण भइरहेको चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल ३’ को व्याटल राउण्ड सकिएको छ ।

ब्याटल सकिएसँगै चारै जना कोचले आफ्नो टिममा १६ जना बाट घटाएर ८ जना र एक जना स्टिल सहित गरेर ९ जना प्रतियोगी पाएका छन् । प्रत्येक टिमबाट छानिएका ९ जना प्रतियोगीले अब नकआउट राउण्डमा प्रतिष्पर्धा गर्नेछन् । ‘ब्लाइन्ड अडिसन’बाट प्रत्येक कोचले आफ्नो टिममा १६ जना प्रतियोगी लिएका थिए । आफ्नै टिमका दुई प्रतियोगी बीच ब्याटल गराएर एक जनालाई अघि बढाउने अधिकार कोच आफैमा हुने गर्छ । सोही अधिकारको प्रयोग गर्दै प्रत्येक कोचले ८ जना प्रतियोगी छनोट गरेका छन् ।

अर्को टिमबाट आउट भएका एक जनालाई स्टिल गर्दै प्रत्येक कोचको टिममा ९ जना प्रतियोगी रहने नियम रहेको छ । यो नियम नेपालको मात्र नभएर अन्तराष्ट्रिय स्तरमा हुने दि भ्वइसको नियम हो । अब भ्वइसमा प्रत्येक टिममा ९ जनाको दरले ४ जना कोचको टिममा जम्मा ३६ जना प्रतिस्पर्धी बाकी रहेका छन् ।

अब नक आउट चरण अन्तर्गत ४ टिममा रहेका ९ जना प्रतिस्पर्धीबाटबाट ३ टिम बनाईन्छ । हरेक १ टिममा ३ जना सहभागी हुन्छन् । जसमध्ये १ जनालाई लाईभ शोमा लगिन्छ । बाकी २ जना भने नकआउट चरणबाछ आउट हुन्छन् । अब प्रत्येक टिमबाट ६ जना आउट हुन्छन् भने जम्मा ३ जनाले मात्र अर्को चरण अर्थात लाईभ शो को यात्रा तय गर्ने छन् । प्रत्येक टिमबाट ३ जनाका दरले अर्को चरणमा प्रवेश गर्दै गर्दा जम्मा १२ जना प्रतिस्पर्धी बाकी रहनेछन् ।

आगामी हप्ताबाट नकआउट राउण्ड सुरु हुनेछ । पहिलो सिजनमा नकआउट राउण्ड समावेश भएको थिएन । दोश्रो सिजन र यो सिजनमा भने भ्वाइसले नकआउट राउण्ड राखेको छ । ‘दि भ्वाइस अफ नेपाल’ को पहिलो सिजनमा दिप श्रेष्ठ, र प्रमोद खरेल सहित सनुप पौडेल र अभया सुब्बा कोच रहेका थिए । पहिलो सिजनमा टिम प्रमोदबाट ीसटल भएर टिम दिपमा गएका सिडी बिजय अधिकारीले उपाधी जित्न सफल भएका थिए । यस्तै दोश्रो सिजनमा पनि दिप श्रेष्ठ, र प्रमोद खरेल सहित राजु लामा र आस्था राउत कोचको रुपमा रहेका थिए । दोश्रो सिजनमा पनि टिम दिपबाट स्टिल भएर टिम प्रमोदमा आएका राम लिम्बुले उपाधी जित्न सफल भएका थिए । भ्वाइसको तेश्रो सिजनमा दिप श्रेष्ठ,प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ कोच रहेका छन् ।

Tags: Newsतृष्णा गुरुङदि भ्वाइस अफ नेपालदिप श्रेष्ठप्रमोद खरेलराजु लामा
Previous Post

अभिनेता निखिल उप्रेतीले मनाए जन्मदिन

Next Post

प्रीयंका पछि बेबी बम्पमा खुलिन् गरिमा पन्त

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
गरिमा पन्त

प्रीयंका पछि बेबी बम्पमा खुलिन् गरिमा पन्त

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।