विशेष अनलाइन । चलचित्र ‘परिवर्तन’को छायाङ्कन सकिएको छ । ५६ दिन लगाएर मंगलबार चलचित्रको छायाङ्कन सकिएको हो ।निर्माता दीपक सिवाकोटीका अनुसार, चलचित्रका दुई गीतसहित सम्पूर्ण दृश्यहरूको छायांकन सोमबार सम्पन्न भइसकेको छ भने एक राष्ट्रिय र एक लोकगीतको सुटिङ अझै बाँकी रहेको छ।
विजय केरुङ निर्देशित चलचित्रको छायाङ्कन झापाका विभिन्न स्थानहरू बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, कन्काईमाई नगरपालिका, बिर्तामोड, मेचीनगर नगरपालिकासहित पूर्वी नेपालको प्रमुख सहर विराटनगरमा गरिएको हो ।
‘दिब्यासी फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइली, गौतम तिवारी सूर्यवंशी, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, हेमन्त बुढाथोकी, आएशा कार्की, सागर खरेल, राजु खरेल, कृष्ण कोइराला, सुवास खरेल, कल्पना खतिवडा, शंकर श्रेष्ठ, रोहन सेन्चुरी, यमनाथ खरेललगायत कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रका निर्माता सिवाकोटीले मूल कथा लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार गरेका हुन्। चलचित्रको छायाङ्कन निर्देशन शिव ढकालले, सम्पादन बन्दे प्रसादले, र द्वन्द्व निर्देशन श्री श्रेष्ठले गरेका छन्। निर्माण पक्षले चलचित्र यही वर्ष प्रदर्शनमा ल्याउने योजना बनाएको छ।









Discussion about this post