विशेष अनलाइन । नेपाली चलचित्र ‘ड्रिम गर्ल’ बाट डेब्यु गरेकी अभिनेत्री आश्मा गिरी अब वैवाहिक जीवनमा प्रवेश गर्न लागेकी छन्। उनले लन्डन निवासी प्रेमी प्रलभ ढुंगानासँग यही शुक्रबार वैवाहिक बन्धनमा बाँधिन लागेकी हुन्।
विवाह समारोह काठमाडौंको मुलपानीस्थित रोयल प्यालेसमा आयोजना हुनेछ, जहाँ दुवै पक्षका परिवार, साथीभाइ र नजिकका आफन्तहरूको उपस्थिति रहनेछ।
झण्डै सात वर्षअघि शुरू भएको आश्मा र प्रलभबीचको प्रेम सम्बन्ध अब विवाहमा परिणत हुँदैछ। चलचित्र अभिनयभन्दा अघि वेब सिरिज ‘रङ टाइम’ मार्फत आफ्नो अभिनय यात्रा शुरू गरेकी आश्मा पछिल्लो समय म्युजिक भिडियोहरूमा पनि सक्रिय थिइन्।
उनको पहिलो चलचित्र ‘ड्रिम गर्ल’ मार्फत उनले नेपाली सिने दर्शकमाझ आफ्नो उपस्थिति जनाएकी थिइन्। विवाहसँगै उनको जीवनको नयाँ अध्याय सुरु हुँदैछ।









Discussion about this post