BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

फ्युचर रियल स्टेट एण्ड हाउजिङ प्रा.लि.ले नेपाल चलचित्रकर्मी महासंघलाई एक कठ्ठा जग्गा सहित भवन प्रदान गर्ने

विशेष अनलाइन by विशेष अनलाइन
फाल्गुन २७, २०८१, १२:३६ मध्यान्ह
in FEATURE, चलचित्र
फ्युचर रियल स्टेट एण्ड हाउजिङ प्रा.लि.ले नेपाल चलचित्रकर्मी महासंघलाई एक कठ्ठा जग्गा सहित भवन प्रदान गर्ने
148
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । फ्युचर रियल स्टेट एण्ड हाउजिङ प्रा.लि.ले नेपाल चलचित्रकर्मी महासंघ कोसी प्रदेशलाई एक कठ्ठा जग्गा सहित चार कोठे भवन प्रदान गर्ने भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा २ मा बन्न लागेको  फ्युचर कोलोनीमा जग्गा सहित चार कोठे भवन महासंघलाई निशुल्क प्रदान गर्ने सम्झौता भएको हो ।

फ्युचर रियल स्टेट एण्ड हाउजिङ प्रा.लि.इटहरी सुनसरीका तर्फबाट प्रा.लि.सञ्चालक सुन्दरहरैचा २ बस्ने यम बहादुर लामा र नेपाल चलचित्रकर्मी महासंघ कोसी प्रदेशको तर्फबाट अध्यक्ष अरुण कुमार प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सुन्दरहरैचा २ मा बन्दै गरेको फ्यूचर कोलोनी भित्रबाट दक्षिण गेट तर्फबाट एक कठ्ठा जमिनमा ४ कोठे पक्की घर समेत निर्माण गरी चलचित्रकर्मी  महासंघलाई २०८४ साल भित्र हस्तान्तरण गरिने उल्लेख गरिएको छ । चलचित्रकर्मी महासंघ भित्र रहेका इच्छुक व्यक्तिहरूले फ्युचर कोलोनीमा व्यक्तिगत रूपमा लगानी गरी फाइदा लिन सकिने समेत सम्झौतामा उल्लेख गरिएको छ ।

उक्त स्थानमा चलचित्रकर्मी महासंघको भवन निर्माण हुँदा कोलोनीको जमिनको मूल्य वृद्धि हुने कुरालाई मध्यनजर गर्दै प्रथम पक्षले बिना स्वार्थ जमिन तथा भवन उपलब्ध गराएकाले दोस्रो पक्षले पनि सोही अनुसार प्रथम पक्षलाई आवश्यक सहयोग गर्नुपर्ने  सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै चलचित्रकर्मी महासंघ कोसी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले यो महान् कार्यका लागि फ्युचर रियल स्टेट एण्ड हाउजिङ प्रा.लि.लाई धन्यवाद दिए । उनले महासंघ सधैँ उक्त संस्थासँग सहकार्य गरेर अघि बढ्ने बताए । यता फ्युचर रियल स्टेट एण्ड हाउजिङ प्रा.लि. सञ्चालक यम बहादुर लामाले चलचित्र क्षेत्रमा आफ्नो पनि झुकाव रहेको उल्लेख गर्दै सहकार्य गरेर अघि बढ्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे ।

अध्यक्ष प्रधानले बन्न लागेको महासंघको भवनमा चलचित्र पत्रकार संघका लागि पनि स्थान छुट्याइने बताए ।

नेपाल चलचित्र संघ पूर्वाञ्चल शाखाका अध्यक्ष एवम् म्याजिक सिनेमा हल सञ्चालक परशुराम चौधरी, नेपाल चलचित्र कलाकार संघ कोसी प्रदेश अध्यक्ष पुष्प श्रेष्ठ, नेपाल चलचित्रकर्मी महासंघ कोसी प्रदेश वरिष्ठ उपाध्यक्ष रेणु चौधरी, महासचिव दिनेश कोइराला,अनाम नाट्य समूह धरानका अध्यक्ष विजय साम्योक सुब्बा,निर्माता तथा कलाकार सागर सिङ्गल,निर्देशक समाज कोसी प्रदेश सचिव विनोद पुडासैनी, चलचित्र पत्रकार संघ सुनसरी सचिव सुमन भट्टराई लगायतले बोल्दै  फ्युचर रियल स्टेट एण्ड हाउजिङ प्रा.लि.लाई धन्यवाद ज्ञापन गरे ।

Previous Post

दुर्गम पहाडी भेगका भरियाहरूको जीवनसंघर्षको कथा प्रस्तुत गरेको चलचित्र ‘नाम्लो’को ट्रेलर सार्वजनिक

Next Post

अञ्जिला: सफलताको नयाँ अध्याय

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
अञ्जिला: सफलताको नयाँ अध्याय

अञ्जिला: सफलताको नयाँ अध्याय

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।