विशेष अनलाइन । सुयोग गुरुङको निर्देशन रहने चलचित्र ‘जेरी अन टप’ मा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ भित्रीएका छन् । शुक्रबार निर्माता र उनीबीच लिखित समझदारी गर्दै चलचित्रमा उनी भित्रीव्का हुन् ।
चलचित्रको मुख्य भूमिकामा घिमिरेलाई साइन गरिएको निर्माता सरोज न्यौपानेले बताए । यस अघि चलचित्रमा मुख्य भूमिकामा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, सुरक्षा पन्त अनुबन्धित भैसकेका छन् ।
चलचित्रको निर्माता न्यौपानेले नेपाली चलचित्रमा अहिलेसम्म नसुनिएको कथा र परिवेशमा चलचित्र निर्माण हुन लागेको बताए ।चलचित्रको पटकथामा चर्चित कन्टेन्ट क्रिएटर साइग्रेस पोखरेल पनि जोडिएका छन् । चलचित्रको छायांकन आउँदो सातादेखि सुरु हुने जनाइएको छ ।
Discussion about this post