बिशेष अनलाइन । शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ को अगाडिनै टिकट बुकिङ खुल्ला गरिएको छ । दुवै चलचित्रलाई मल्टिप्लेक्सले राम्रो शो दिएको छ । चलचित्र ‘लन्डन टु पेरिस’ को भन्दा ‘गाउँ आएको बाटो’ को केहि मात्रामा शो बढी दिएको छ ।
गाउँ आएको बाटो’ चलचित्रलाई देशको ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ३८ शोज , दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआईमा ९ शोज, वान् सिनेमाज् नयाँ बानेश्वर, एफक्युब, बिएसआर मुभिज, बिग मुभिजमा समान ३३ शो प्राप्त गरेको छ । अन्य केही हलमा भने बुकिङ खुल्न बाँकी रहेको छ ।
चलचित्र ‘लन्डन टू पेरिस’ ले क्यूएफएक्सको आउटलेटमा कूल २९ शो ,आईएनआईले ३ शोज, बिग मुभिज, वान् सिनेमाज्, एफएक्युब, बिएसआरले समान २२ शोज दिएका छन् । चलचित्रको शो बिहीबार घटिबढी पनि हुन सक्नेछन् चलचित्रको व्यापार हेरेर आगामी शनिवार शो घटिबढी हुन सक्नेछ ।
Discussion about this post