बिशेष अनलाइन । चलचित्र ‘प्रसाद २’ को आर्थिक लेनदेनबारेको मुद्दामा गत सोमबार पक्राउ परेका चलचित्र निर्देशक सुदर्शन थापा रिहा भएका छन् ।
बुधबार काठमाडौँ जिल्ला अदालतले जिम्मा जमानतमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
मञ्जुरीबिना चलचित्रलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।
Discussion about this post