BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

कोशी चलचित्र महोत्सव–’२०८१’, चुनौतीसँगै अवसर

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ ४, २०८१, ६:४३ बिहान
in FEATURE, चलचित्र
कोशी चलचित्र महोत्सव–’२०८१’, चुनौतीसँगै अवसर
89
SHARES
Share on FacebookShare on Twitter

मनोज दाहाल। आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले पहिलो पटक  ‘कोशी चलचित्र महोत्सव ‘२०८१’आयोजना गर्दै छ । यही जेठ ६ गतेबाट हुने महोत्सवमा कोशी प्रदेशका चलचित्रकर्मीहरूले निर्माण गरेका चलचित्रहरूलाई सहभागी गराइने बताइएको छ । चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण कुमार प्रधानको संयोजकत्वमा हुने चलचित्र महोत्सव मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार गर्न लागिएको हो ।

६ दिन सम्म चल्ने चलचित्र महोत्सवमा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा चलचित्र सम्बन्धी विविध कार्यक्रम आयोजना गरिने छ । कोशी प्रदेशको कला, सँस्कृति तथा प्रदेशमा भएका चलचित्र छायाङ्कन योग्य स्थलहरूको पहिचान तथा अन्तर्राष्ट्रियकरण लागि  ‘कोशी चलचित्र महोत्सव ’२०८१’ कोशेढुंगा साबित हुने विश्वास गरिएको छ ।
कार्यक्रममा कोशी प्रदेशमा छायाङ्कन भएका चलचित्रहरूको समेत विशेष प्रदर्शन गरिने छ । चलचित्र प्रदर्शन, अन्तरक्रिया, सांस्कृतिक कार्यक्रम लगायत विविध कार्यक्रम गर्दै  ‘कोशी चलचित्र महोत्सव ‘२०८१’लाई भव्य बनाउने योजना मन्त्रालयको छ ।

केशी प्रदेशमा राष्ट्रिय स्तरका चलचित्र, गीत सङ्गीत लगायत कथाले मागे अनुरूपका जातीय, भाषीय क्षेत्रका आधारमा समेत छायाङ्कन हुने गरेको तर, सरकारी स्तरबाट गरिने चलचित्र क्षेत्रसँग सम्बन्धित अन्य गतिविधिहरू शून्यजस्तै रहेको कुरालाई मध्यनजर गर्दै मन्त्रालयले  ‘कोशी चलचित्र महोत्सव ‘२०८१’ गर्न लागेको हो ।

कहाँ कहाँ कसरी हुन्छ कार्यक्रम ?
आन्तरिक तथा कानुन मन्त्रालयका प्रवक्ता कमल थापाका अनुसार महोत्सवको उद्घाटन जेठ ६ गते झापाको बिर्तामोडमा हुने छ । उद्घाटनका दिन विविध सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया साथै विभिन्न चलचित्र प्रदर्शन गरिने छ ।

जेठ ७ गतेदेखि ९ गतेसम्म बिर्तामोड,इटहरी, विराट चोक, झुम्का, विराटनगर लगायतका स्थानहरूमा कोशी प्रदेशमा छायाङ्कन भएका वा कोशी प्रदेशका चलचित्रकर्मीले निर्माण गरेका लघु, कथानक चलचित्र, वृत्तको निःशुल्क प्रदर्शन गरिने छ ।  जेठ ७ गतेदेखि ९ गतेसम्म चलचित्र प्रदर्शनसँगै विभिन्न विषयहरूमा अन्तरक्रिया, कार्यशाला, जातीय खानाका स्टल,सांस्कृतिक कार्यक्रम, सम्मान तथा अवार्ड कार्यक्रम गरिने मन्त्रालयले जानकारी दिएको छ ।

कोशी प्रदेशका चलचित्रकर्मी तथा कार्यक्रममा सहभागिता जनाउन चाहने दर्शकहरूको सहजताका लागि एकै स्थानमा नगरेर विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरिएको कार्यक्रमका संयोजक समेत रहेका चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए ।

महोत्सवमा प्रदर्शन गरिने चलचित्रहरू:
६ दिनसम्म चल्ने महोत्सवमा लघु, कथानक चलचित्र, वृत्त गरी विभिन्न जातीय ४४ वटा चलचित्र प्रदर्शन गरिने छ ।

यी हुन्  ‘कोशी चलचित्र महोत्सव ‘२०८१’ मा प्रदर्शन गरिने चलचित्रहरू
१, लघु चलचित्र मोख – निर्देशक दिपनारायण राजवंशी
२, लघु चलचित्र फू – नर्देशक संतोष सरकार
३, लघु चलचित्र जमाना –निर्देशक जनक चौधरी
४, लघु चलचित्र द रेड मुन –निर्देशक रविन श्रेष्ठ
५, लघु चलचित्र आईसक्रिम –निर्देशक संगीता श्रेष्ठ
६, लघु चलचित्र प्रकाश जान्छ –निर्देशक प्रतिश श्रेष्ठ
७, लघु चलचित्र नगा –निर्देशक भुवन सिङ राई
८, लघु चलचित्र लैलसा परहेक –निर्देशक बिनोद पुडासैनी
९, लघु चलचित्र बेङठा थारु –निर्देशक ईन्द्र बहादुर परियार
१०, लघु चलचित्र धैर्य –निर्देशक राजकुमार कार्की
११, लघु चलचित्र समय के खेल –निर्देशक संतोष सरकार
१२, लघु चलचित्र खोक्पा –निर्देशक प्रकाश लिम्बू
१३, लघु चलचित्र बाध्यता –निर्देशक प्रकाश लिम्बू
१४, लघु चलचित्र कुमाक्ला फाक – निर्देशक नवीन मेन्याङबो
१५, लघु चलचित्र के –२ – निर्देशक सागर केरुङ
१६, लघु चलचित्र जिउ पैचो नेपाली– निर्देशक किरण राई
१७, लघु चलचित्र चीना नेपाली –निर्देशक प्रकाश सुब्बा
१८, लघु चलचित्र अदेख –निर्देशक अयुब केसि
१९, वृतचित्र मता – –निर्देशक अरुण कुमार प्रधान
२०, कथानक चलचित्र अभियान  –निर्देशक लाख बहादुर तामाङ
२१, कथानक चलचित्र नि – निर्देशक कृष्ण कुमार गुरुङ्ग
२२,  कथानक चलचित्र लुङ्गा – निर्देशक किरण राई
२३, कथानक चलचित्र हाम्रो जंगल – निर्देशक विजय केरुङ्ग
२४, कथानक चलचित्र थिम – निर्देशक यलम्बर खम्बू
२५, कथानक चलचित्र रीत – निर्देशक दिनेश लिङदेन
२६, कथानक चलचित्र वानर सेना – निर्देशक अर्पण गिरी
२७, कथानक चलचित्र सेमिफुङ्ग – निर्देशक रणवीर शेर्मा
२८, कथानक चलचित्र माङ्गगेना – निर्देशक प्रेम सुब्बा
२९, कथानक चलचित्र तु हमर जान हौ – निर्देशक सुजीत कुमार शाह
३०, कथानक चलचित्र युक्पुङ– निर्देशक दिनेश माङमु
३१, कथानक चलचित्र सिमे वा – निर्देशक दिनेश माङमु
३२, कथानक चलचित्र लिलामे माईला – निर्देशक भिम लामा
३३, कथानक चलचित्र चारदाम – निर्देशक लाख बहादुर तामाङ
३४, कथानक चलचित्र युप्पारुष्ङ्ग पि मा  निर्देशक रबिन श्रेष्ठ
३५, कथानक चलचित्र घुम्टन – निर्देशक हुदुवा खवास
३६, कथानक चलचित्र हाडानान्द – निर्देशक बिजय सन्योग सुब्बा
३७, कथानक चलचित्र बिहेपास – निर्देशक प्रवेश पौडेल
३८, कथानक चलचित्र कृष्ण लिला – निर्देशक दिपक ओली
३९, कथानक चलचित्र छक्का पन्जा ४ – निर्देशक हेमराज बि।सि
४०, कथानक चलचित्र नालापानी – निर्देशक रिमेश अधिकारी
४१, कथानक चलचित्र काडेतार – निर्देशक नवल खड्का
४२, कथानक चलचित्र बिच्छेद – निर्देशक सत्यराज चौलागाई
४३, कथानक चलचित्र गोर्खा वारीयर – निर्देशक मिलन चाम्स
४४, कथानक चलचित्र दखल – निर्देशक विनोद पुडासैनी

कोशी प्रदेश सरकारले पहिलो पटक गर्न लागेको कोशी चलचित्र महोत्सव–२०८१’लाई चुनौतीसँगै अवसरका रुपमा लिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका प्रवक्ता कमल थापाले चलचित्र क्षेत्रका लागि कोशी प्रदेशको बोहनी भएका कारण कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सके आउने दिनमा यस प्रकारका कार्यक्रमहरूलाई अझै फराकिलो र परिष्कृत गर्दै लैजान सकिने उल्लेख गरेका छन् ।

यता सञ्चार शाखा प्रमुख नारायण भण्डारीले पहिलो पटक यस प्रकारको कार्यक्रम गर्न लागिएको उल्लेख गर्दै सबैलाई सकारात्मक सहयोगका लागि अनुरोध गरेका छन् । केशी प्रदेशका चलचित्रकर्मी हरुका लागि ऐतिहासिक अवसर रहेको उल्लेख गर्दै लामो समय पछिको दौडधुप सफल भएको कार्यक्रमका संयोजक अरुण कुमार प्रधानले बताए । चलचित्रका कार्यक्रमहरू विशेष गरी काठमाडौँ केन्द्रित हुने गरेको उल्लेख गर्दै संयोजक प्रधानले पहिलो पटक कोशी प्रदेशमा हुन लागेको  ‘कोशी चलचित्र महोत्सव ‘२०८१’लाई सबैले आफ्नो क्षेत्रबाट सहयोग गरेर सफल बनाउन अनुरोध समेत गरेका छन् ।

Previous Post

‘फर्की फर्की’ सामाजिक कथावस्तु भन्दा माथिल्लो श्रेणीको चलचित्र हो -निर्माता अधिकारी

Next Post

बुद्ध जयन्ती भव्य बनाउने तयारीमा नेपाल तामाङ युवा घेदुङ, प्रस्तुतिका लागि उर्गेन दोङ आउने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
बुद्ध जयन्ती भव्य बनाउने तयारीमा नेपाल तामाङ युवा घेदुङ, प्रस्तुतिका लागि उर्गेन दोङ आउने

बुद्ध जयन्ती भव्य बनाउने तयारीमा नेपाल तामाङ युवा घेदुङ, प्रस्तुतिका लागि उर्गेन दोङ आउने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।