विशेष अनलाइन । छायांकन पुर्व नै चर्चामा रहेको चलचित्र ‘बलिदान’को शीर्ष भूमिकामा अभिनेत्री ऋचा शर्माले अनुबन्धित भएकी छन् । चलचित्र निर्माणपक्ष र अभिनेत्री शर्मा बिच लिखित सम्झौता भएको बताइएको छ ।
आशुसेन फिल्म्सले निर्माण गर्न लागेको चलचित्र ‘बलिदान’ छायांकनको तयारीमा रहेको छ । २०८१ सालमा रिलिज हुने बताइएको चलचित्रलाई निर्माता तथा निर्देशक सन्तोष सेनले निर्देशन गर्दैछन् ।
अभिनेत्री शर्माले नेपाली चलचित्र नगरीमा सोचे अनुसारको सफलता हात पार्न सकेकी छैनन् । नेपाली चलचित्र ‘लुट’ उनको करिअरको सर्वाधिक सफल चलचित्र हो ।
चलचित्र ‘बलिदान’को शीर्ष अभिनेतामा विराज भट्टका छोरा समीर भट्टले डेब्यु गर्दैछन् । भट्टले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिम लिएका थिए ।
Discussion about this post